चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले यस वर्ष विधायिका कार्यको महत्वपूर्ण विषय भनेको कानूनी प्रणालीमा खम्बा जस्तै भूमिका खेलेको महत्वपूर्ण कानूनको जोडतोडसँग तर्जुमा तथा त्यसलाई संशोधन गर्नु, सामाजिक क्षेत्रमा कानूनको निर्माणलाई सबल पार्नु तथा आर्थिक, राजनीतिक, साँस्कृतिक आदि क्षेत्रमा कानून निर्माणलाई निरन्तर रुपमा पूर्णता दिलाउनु हुने कुरा वताउनुभयो।
चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिहरुलाई स्थायी समितिको कार्य प्रतिबेदन प्रस्तुत गर्दा आज श्री उ पाङ कोले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, हालसम्म संविधानलाई केन्द्रमा राखिएको, सात वटा कानूनी विभागका कानूनलाई मुख्य विषय बनाइएको, कानून, प्रशासनिक नियम तथा स्थानीय नियमलगायत तीन तहबाट गठित कानूनी प्रणालीको आधारभूत रुपमा गठन भएको छ।
|