चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले आज चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिको वार्षिक अधिवेशनमा भाग लिने तिब्बती प्रतिनिधि मण्डलको बैठकमा भाग लिनुभएको छ। उक्त बैठकमा उहाँले तिब्बतले केन्द्रीय सरकारले तिब्बत कार्यसम्बन्धी श्रृंखलाबद्ध नीतिलाई ध्यान दिएर व्यवहारमा उतारी विकास तथा स्थिरता यी दुइवटा काममा जोड दिनुपर्ने कुराको पुष्टि गर्नुभएको छ। जसबाट तिब्बतको आर्थिक तथा सामाजिक फड्को मार्ने विकास, देशको सुरक्षा तथा तिब्बतको स्थिरता एवम् विभिन्न जातिका जनताहरुको जीवनस्तरलाई निरन्तर उकास्न प्रत्याभूत दिन सकियोस्।
उहाँले तिब्बतले चिनियाँ विशेषतायुक्त बाटोमा तिब्बती विशेषतायुक्त विकास तरिकामार्फत् तिब्बतको सामग्री आधारलाई बलियो पार्दै जनताहरुको दैनिक जीवन तथा प्रत्याभूतिलाई सुधार पार्ने कुरालाई जोड दिनुभयो।
|