चीनका प्रधानमन्त्री वन च्या पाउले आज च च्याङ प्रान्तीय प्रतिनिधि मण्डलले चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनको अनुमोदनमा भाग लिनुभई गैर-सार्वजनिक स्वामित्वयुक्त अर्थतन्त्रको न्यायोचित प्रतिस्पर्धात्मक बजार वातावरणलाई प्रत्याभूत दिने कुरामा जोड दिनुभएको छ।
उहाँले सरकारी व्यवसाय होस वा गैर-सरकारी व्यवसाय अर्थतन्त्रलाई समृद्ध पार्न तथा रोजगारी समस्याको समाधान गर्न ठूलो समर्थन दिनुपर्छ र मझौला तथा साना व्यवसायको पूंजी समस्यालगायतका बाधाहरुलाई हटाउने काममा ठूलो महत्व दिनुपर्ने कुरा व्यक्त गर्नुभयो।
|