अखिल चीन व्यापार संघका उपाध्यक्ष चाङ मिङ छीले आज पैचिङ्गमा बोल्दै मौद्रिक संकटमा "श्रमिक बिमा ऐन"ले सकारात्मक भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभएको छ।
आज दिउँसो चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको वार्षिक अधिवेशनद्बारा अन्तर्राष्ट्रिय मौद्रिक संकटमा श्रमिक सगठनको भूमिका विषयमा प्रेस सम्मेलनको आयोजना गरिएको छ। अन्तर्वार्ताका क्रममा उपाध्यक्ष चाङले जानकारी दिनु भएअनुसार, गत वर्षको उत्तरार्धदेखि यता मौद्रिक संकटको प्रभावमा केही व्यवसाय कठिनाइमा परेकोले लगभग दुई करोड किसान तथा मजदूरको रोजगारी गुमेको छ। यति ठूलो संख्या भएता पनि समाजमा त्यति ठूलो नराम्रा असर नपरेको कारण "श्रमिक विमा ऐन"मा तोकिएको नियमबाट फाइदा पाइएको हो।
प्राप्त तथ्याङ्कअनुसार, गत वर्ष श्रमिक बिमा हस्ताक्षर दर नब्बे प्रतिशत पुगेको र कुनै प्रान्तमा उक्त दर अझ बढी भएको बताइएको छ।
|