तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँगपा पुन्छोगले वितेका दशौं वर्षदेखि दलाई गूटले लगातार रुपमा केन्द्रीय सरकार र तिब्बत स्वायत्त प्रदेश सरकारको छबिमाथि हिलो छ्याप्ने, सेतोलाई कालो भन्ने र हुँदै नभएको कुरा रच्ने कर्तुत गर्दै आएको छ भन्दै अन्त्यमा समय र तथ्यले दलाई गूटको झुठो कुरालाई नष्ट पार्ने कुरा व्यक्त गर्नुभयो।
उहाँले दश तारिख पैचिंगमा उक्त कुरा बताउनुभएको हो।
अध्यक्ष छ्याँगपा पुन्छोकले भन्नुभयो- दलाई गूटले दश लाखभन्दा बढी तिब्बतीलाई मारिएको भनेर केन्द्रीय सरकार र तिब्बत स्वायत्त प्रदेश सरकारमाथि हिलो छ्यापेको छ। तर वास्तविक तथ्य चाहिं वितेका पचास वर्षभित्र तिब्बतको कुल जनसंख्या बाह्र लाखबाट बढेर अठाइस लाख सत्तरी हजार पुगेको छ। जुन कैयन शताव्दीदेखि तिब्बतको जनसंख्यामा सबैभन्दा छिटो बृद्धि भएको अवधि हो।
|