आर्थिक संकटको सामना गर्ने अन्तर्राष्ट्रिय सहयोगमा चीनको सक्रिय सहभागीता
(GMT+08:00)
2009-03-11 18:39:40
चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् चीनको परराष्ट्र मन्त्रालयका उप-मन्त्री उ ता वैले हिजो हाम्रो रेडियोका पत्रकारसँग कुराकानी गर्दै जिम्मेवार चीनले आफ्नो मामिलाको राम्रोसँग संचालन गर्नुका साथै आर्थिक संकटको सामना गर्न अन्तर्राष्ट्रिय सहयोगमा सक्रियताका साथ भाग लिएको कुरा बताउनुभयो।
यसका साथै उहाँले चीनले चालेका नयाँ कदमबारे पनि जानकारी दिनुभयो।