चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा सैन्य आयोगका अध्यक्ष श्री हु चिन थाउले आज एघार तारिखका दिन बोल्दै राष्ट्रिय प्रतिरक्षा र सेनाको आधुनिकीकरण गर्दै दृढतासाथ देशको सार्वभौमिकता, सुरक्षा र प्रादेशिक अक्षुण्णता कायम राखी देशको हित र सामाजिक परिस्थितिको स्थायीत्वलाई कामय राख्नेतर्फ शक्तिशाली टेवा र प्रत्याभूति प्रदान गर्नुपर्ने कुरा बताउनुभएको छ।
उहाँ एघारौं राष्ट्रिय जन कांग्रेसको दोस्रो महाधिवेशनमा जनमुक्ति सेनाको प्रतिनिधि मण्डलको पूर्ण बैठकमा उपस्थित हुनुहुन्थ्यो।
|