बिहिबार बेइजिङ्गको जन–वृहद सभा भवनमा शुरु भएको चिनियाँ राष्ट्रिय जन–कंग्रेसको वार्षिक अधिवेशन वर्तमान विश्वव्यापी आर्थिक मन्दीको सन्दर्भमा विश्वको ध्यानाकर्षणको केन्द्र विन्दु बनेको छ । यस्तो अवस्थामा यस आर्थिक संकटको प्रभावलाई कम पार्नका लागि चीन सरकारले यस महाधिवेशनमार्फत कस्तो आर्थिक कार्यक्रम ल्याउला भन्ने कुरा सबैका लागि कौतुहलको विषय भएको छ ।
यस अघि भएको विश्व आर्थिक संकटको सामनाका लागि चीन सरकारले चालेको प्रभावकारी कदमका कारण पनि वर्तमान अवस्थामा विश्वको ध्यान चिनियाँ संसदको अधिवेशनतिर केन्द्रुत भएको हो । बिहिबारको अधिवेशन उद्घाटन समारोहमा बोल्दै चिनियाँ प्रधानमन्त्री वन च्या पाउले सरकारी स्तरबाट भौतिक संरचना निर्माण, सामाजिक कल्याणका कार्यक्रम र कर कटौतिजस्ता प्रस्ताव अघि सार्नुभएकोमा यसले चिनियाँ जनतामा विश्वव्यापी आर्थिक संकटको प्रभाव कम पार्न निकै सहयोग गर्ने अपेक्षा गरिएको छ प्रधानमन्त्री वनले वर्तमान आर्थिक संकटका कारण विश्वमा चिनियाँ सामानहरुको माग घटेका कारण कारखाना बन्द भएर बेरोजगार बनेका कामदारलाई पुन: रोजगारी दिलाउन र बजारमा आउने नयाँ मजदूरहरुका लागि रोजगारी दिनका लागि यस वर्ष सरकारले नब्बे लाख रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य निर्धारण गरेको जानकारी अधिवेशनलाई दिंदै सही नीति र प्रभावकारी कार्यान्वयनका माध्यमबाट यो लक्ष्य हासील गर्नसकिने बताउनुभएको छ, जसले चिनियाँ अर्थतन्त्रलाई निरन्तर विकासको बाटोमा डोर्याउनुका साथै चिनियाँ समाजलाई स्थिर पार्न सघाउने आशा गर्नसकिन्छ ।
यी र यस्ता अन्य थुप्रै निर्णयमार्फत चिनियाँ राष्ट्रिय जनकांग्रेसको यस अधिवेशन चिनियाँ जनताको जीवनस्तरमा सुधार गर्न र विश्व आर्थिक मन्दीको प्रभावलाई कम पार्न सफल हुनेछ भन्ने आशा म गर्दछु र सोही अनुसारको कामना पनि गर्दछु ।
कमल लम्साल, नेपाल
|