चीनका प्रधान मन्त्री वन च्या पोले आज तेह्र तारिखका दिन बोल्दै चीन अमेरिकाका लागि ऋण उपलब्ध गराइएको सबभन्दा ठूलो मुलुक हो । त्यस कारणले हाम्रो पूंजीको सुरक्षामाथि निकै ठूलो नजर पुर्याउनु आवश्य भएको कुरा बताउनुभएको छ। अमेरिकाले विश्वासलाई कायम राखी आफ्नो वचनवद्धताको पालना गरी चीनको राष्ट्रिय पूंजीको सुरक्षाको प्रत्याभूति गर्न चीनव्दारा आग्रह गरेको कुरा उहाँले दोर्याउनुभएको छ।
चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक नियमित महाधिवेशन पैचिङ्गमा सम्पन्न भएको छ। सवही दिन आयोजित स्वदेशी र विदेशी पत्रकार सम्मेलनमा पत्रकारबाट सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदा उक्त कुरा बताउनुभएको हो।
उहाँको भनाइ अनुसार अमेरिकी राष्ट्रपति ओबामा सरकारले मौद्रिक संकटको सामना गर्न चालिएका कदमहरुबाट राम्रो नतीजा प्राप्त गर्न सकिने प्रतीक्षामा चीन बसिरहेको पनि बताउनुभएको छ।
|