चीनको लक्ष मनाशिव एवम् संतुलित तवरबाट चिनियाँ युआनको मूल्यको आधारभूत स्थिरितालाई कायम राख्ने कुरा चीनका प्रधानमन्त्री वन च्या पाउले आज बताउनुभएको छ। चीनले यो आफैले निर्णय गरेको र कुनै मुलुकले चिनियाँ युआनको मूल्य बढने वा घटने कुरामा दवाव नदिने कुरामा पनि उहाँले जोड दिनुभयो।
आज चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन पेइचिंगमा सम्पन्न भएको छ। त्यसपछि चीनका प्रधानमन्त्री वन च्या पाउले चिनियाँ र विदेशी पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
|