स छुआवान प्रान्तीय यातायात मन्त्रालयका उप-प्रमुख स्यान स्यौङले गत वर्ष स छुआवानमा गएको भूकम्पबाट प्रभावित यातायातको नब्बे प्रतिशत पुनर्निर्माण कार्य चालू वर्षको अन्तअघि नै पूरा गर्नका लागि सम्बन्धित विभागले कदम चालिसकेको बताउनु भएको छ।
चालू वर्षको अन्तअघि स छुआवान प्रान्तमा यातायातलाई पुनसञ्चालन गर्न लागु गरिएको चार सय वटा कार्यक्रमका लागि छपन्न अर्ब चिनियाँ युआन भन्दा बढी रकमको ब्यवस्था गरिएको छ। हालसम्म चार वटा एक्सप्रेस मार्गको पुनः निर्माण कार्य पूरा भइसकेको हाम्रा रेडियो सम्बाददाताले जनाएका छन्।
स छुआवान प्रान्तको यातायातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत चार सय सत्तरवटा कार्यक्रमको निम्ति पचासी अर्ब चिनियाँ युआन छुट्याइएको बताइएको छ।
|