वन छुआवानमा गएको विनाशकारी भूकम्पबाट भूकम्प केन्द्रमा परेको व लुङ पाण्डा केन्द्र तथा जंगली पाण्डाको आवास क्षेत्रलाई गम्भीर रुपमा ध्वस्त पारियो। जंगली पाण्डाहरुको आवास क्षेत्रको सत्तरी प्रतिशत विशेष गरी समुद्र सतहदेखि दुइ हजारदेखि दुइ हजार पाँच सय मिटरमा भएका बाँसघारी पूर्ण रुपमा नष्ट भयो। त्यहाँका पाण्डाहरुले खाना खान नपाउने भए। छङ तु पाण्डा हुर्काउने तथा अनुसन्धान केन्द्रले उक्त समाचार सुनेर तुरुन्तै सहायता दिएर ती पाण्डाहरुको कठिनाइलाई पार लगाए। छङ तु पाण्डा हुर्काउने तथा अनुसन्धान केन्द्रका प्रमुख चाङ च हले यसबारे चर्चा गर्दै भनेः
"हाम्रो केन्द्रमा एक/दुइ हेक्टर क्षेत्रफलमा बाँस रोपिन्छ। प्राकृतिक प्रकोप आएमा ती बाँसको घाँस पाण्डालाई बचाउँने खाना हुन्छ।"
आज आएर भूकम्पबाट बचाइएका व लुङमा रहेका पाण्डाहरुको राम्रो बन्दोबस्त गरिसकिएको छ तर व लुङ प्राकृतिक आरक्षण क्षेत्रको पुनर्निर्माण गरी पाण्डाहरु आफ्नो आवास क्षेत्रतिर चाँडै फर्काउनु व लुङ पाण्डा आरक्षण अनुसन्धानालयका प्रमुख चाङ ह मिनको सबभन्दा ठूलो इच्छा हो।
"हामीले पाण्डाहरुका लागि निर्मित अस्थायी घरको मर्मत गरेर पाण्डालाई त्यहाँ सार्यौं। तर तिनीहरुलाई आनन्द लाग्दैन होला। व लुङ क्षेत्र प्राकृतिक क्षेत्र हो र पाण्डाहरुलाई सबभन्दा आनन्द लाग्ने क्षेत्र पनि हो।"
1 2 3 4
|