china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    एसियाली संस्कृतिमन्त्रीहरुको छलफलमा भाग लिन नेपालका संस्कृतिमन्त्री मीनेन्द्र रिजालचीनमा आउनुभएको छ
    (GMT+08:00) 2009-08-18 17:16:45    

                 आजदेखि सुरु हुने एसियाली संस्कृतिमन्त्रीहरुको संयुक्त बैठकमा भाग लिनका लागिसंस्कृतिमन्त्री मीनेन्द्र रिजालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चीन भ्रमणमा गएकोछ । गत 15 तारिख नेपाली प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । मन्त्री रिजालले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा सभासदत्रय महालक्ष्मी उपाध्याय,देवराज जोशी र वीरेन्द्र माझी संलग्न हुनुहुन्छ । त्यसैगरी संस्कृति मन्त्रालयकाउपसचिव प्रकाश दर्नाल पनि प्रतिनिधिमण्डलम सहभागी रहनु भएको छ । एसियाका संस्कृतिमन्त्रीहरुको राउण्ड टेबुल बैठक आजदेखि चीनको इनर मंगोलियाप्रान्तको ओर्गासे सहरमा आयोजना हुँदैछ । सो बैठकमा 27 मुलकका संस्कृतिमन्त्रीहरुले भाग लिनेछन् । बैठक आगामी 4 तारिखसम्म सञ्चालन हुनेछ ।चीन प्रस्थान गर्नु पूर्व सि.आर.आई.सँग कुरा गर्दै मन्त्री रिजालले एसियालीराष्ट्रबीचमा साझा संस्कृतिको विकास गराउनमा यो बैठक सफल हुने बताउनुभयो ।नेपालमा पनि चिनियाँ भाषा र संस्कृतिको विकास हुँदै आएको बताउँदै मन्त्रीरिजालले भन्नुभयो "नेपाल र चीनबीचको मैत्री सम्बन्ध सांस्क ृतिक सम्बन्धका रुपमाविकसित हुँदै आएको छ ।" नेपालमा भइरहेको शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणमा चीनले महत्वपूर्णसहयोग प्रदान गर्दै आएको छ । आफ्नो चीन भ्रमणका समयमा पनि दुई पक्षीयसहयोग आदान प्रदानको कुराका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040