china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल र चीनबीचको सम्बन्धमा कलाकार अरनिको एतिहासिक धरोहर भएको नेपालकासूचना तथा सञ्चारमन्त्रीले बताउनु भएको छ
    (GMT+08:00) 2009-08-19 20:00:37    

               अरनिको चित्रकथा प्रदर्शनीको उद्घाटन गर्दै आज बिहान सूचना तथा सञ्चारमन्त्री शंकरपोखरेलले अरनिकोले दुई देशबीचको मैत्री सम्बन्धमा पुर्याएको योगदानको चर्चागर्नुभयो । उहाँले भन्नुभयो "एतिहासिक योगदान पुर्याउने कलाकार दुईदेशबीचको मैत्री सम्बन्धका धरोहर हुन् । एक्काईसौँ शताब्दीमा पनि थुप्रै अरनिकोजन्मन आवश्यक छ ।"नेपाल चीन कार्यकारी परिषद, चिनियाँ दूताबास र श्वेत स्तुप व्यवस्थापन कार्यालयपैचिङ्गको संयुक्त आयोजनामा आजदेखि काठमाडौँको ववरमहलको आर्ट काउन्सिलमासो प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी आगामी 15 तारिखसम्म रहने छ ।प्रदर्शनीनको उद्घाटनपछि नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले दुईदेशबीचको सांस्कृतिक सम्बन्धमा अरनिकोको योगदानलाई भुल्न नहुने बताउँदैपरिषदको कामको प्रशंसा गर्नुभयो । अरनिकोले चीनको विभिन्न भागमा गएरमूर्तिकला तथा चैत्यहरु बनाएर पुर्याएको योगदानले चिनियाँ सभ्यतालाई विश्वमाचिनाएको राजदूत छ्वुले सो अवसरमा बताउनुभयो ।आजै अपरान्ह नेपाल पर्यटन बोर्डको सभाकक्षाम अरनिकोको योगदानका बारेमा एकगोष्ठीको आयोजना पनि गरियो । सो गोष्ठीमा राजदूत छ्वु, संस्कृति मन्त्रालयकासचिव मोदनाथ डोटेल, संस्कृतिविद सत्यमोहन जोशी, चीनविज्ञ निरन्जन भट्टराईलेअरनिकोको योगदानमाथि प्रकाश पार्नुभयो । चीनको राजधानी पैचिङ्गस्थित श्वेतस्तुप व्यवस्थापन कार्यालयका उपनिर्देशक याङ्ग सु क्वाङ्ग र अर्का अधिकारी सु थाओलेपनि अरनिकोले चीनमा गएर गरेका कामको खुलेर प्रशंसा गर्नुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040