china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कम्युनिष्ट पार्टीका नेता चाङ कोली नेपाल भ्रमणका क्रममा आज काठमाडौँ पुग्नु भएको छ
    (GMT+08:00) 2009-09-01 18:19:23    

           पाँचदिने नेपाल भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता चाङ्ग कोली आज काठमाडौँ आइपुग्नु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलेट ब्युरो सदस्य चाङ्ग 17 सदस्यीय चिनियाँ प्रतिनधिमण्डलको नेतृत्व गर्दै आज बिहान काठमाडौँ आइपुग्नु भएको हो ।

                माधवकुमार नेपाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाल भ्रमणमा आउने चाङ्ग पहिलो चिनियाँ नेता हुनुहुन्छ । नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री सुजाता कोइराला, अन्य मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गर्नुहुनेछ ।

                चिनियाँ नेता चाङ्गले आज अपरान्ह एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नु भएको छ । भेटमा नेताहरुले दुवै पार्टीको सम्बन्धलाई अझै नजिक बनाउने र आपसी सम्बन्धलाई विस्तार गर्ने विषयमा कुराकानी भएको चिनियाँ दूताबासले सि.आर.आई.लाई बताएको छ । चिनियाँ नेता चाङ्गको सम्मानमा नेपाल चीन मैत्री सम्बन्धमा कार्यरत विभिन्न संघसंस्थाले आगामी सेप्टेम्बर 3 तारिख रात्रिभोजको आयोजना गरेका छन् ।

                यसैबीच नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले प्रधानमन्त्री माधवकुमार नेपालसँग हिजो भेट गर्नु भएको छ । भेटका क्रममा राजदूत छ्वुले प्रधानमन्त्री नेपाललाई चीन भ्रमणका लागि चिनियाँ प्रधानमन्त्रीले पठाउनु भएको निमन्त्रणा पत्र दिनु भएको प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले सि.आर.आई.लाई बताउनुभयो । प्रधानमन्त्री नेपालले चीन भ्रमण गर्नुपूर्व परराष्ट्रमन्त्री कोइरालाले चीनको भ्रमण गर्नुहुने पनि विदेशमामिला सल्लाहकार भट्टराईले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040