china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कम्युनिष्ट पार्टीका नेता चाङले नेपालका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट गर्नु भएको छ
    (GMT+08:00) 2009-09-02 19:25:49    

           पाँचदिने नेपाल भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नु भएका चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य चाङ्ग कोलीले आज प्रधानमन्त्री माधवकुमार नेपाल र राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्नु भएको छ।

               चिनियाँ दूताबासले सि.आर.आई.लाई दिएको जानकारी अनुसार चिनियाँ नेता चाङ्गले दुवै नेतासँग दुई पक्षीय सहयोगका बारेमा छलफल गर्नु भएको छ । राष्ट्रपति भवन सितल निवासमा भएको भेटघाटमा नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गको पनि उपस्थिति थियो ।

              चिनियाँ नेता चाङ्गले आजै प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेट गर्नु भएको छ । भेटका क्रममा नेपालको भूमिबाट हुने चीन बिरोधी गतिविधिका बारेमा चिनियाँ नेताले चासो राख्नु भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले सि.आर.आई.लाई बताउनुभयो । प्रधानमन्त्री नेपालले चिनियाँ नेतासँग नेपालले सधैँ एक चीनको नीतिलाई समर्थन गरेको बताउँदै नेपालको भूमि छिमेकी मित्रराष्ट्र चीन बिरोधी क्रियाकलापमा प्रयोग हुन नदिन आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

               त्यसैगरी आजै चिनियाँ प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालसँग पनि भेट गरेको छ । भेटका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा एमालेबीचको भाइचारा सम्बन्धलाई अझै गाढा बनाउने विषयमा कुराकानी भएको खनालका निजी सचिव रामबाबु अधिकारीले बताउनु भएको छ ।

               चिनियाँ प्रतिनिधिमण्डल आगामी 4 तारिख बिहान नेपालबाट श्रीलंका प्रस्थान गर्नेछ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040