china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कम्युनिष्ट पार्टीका नेता चाङले नेपालका मुख्य राजनीतिक दलका नेताहरुसँग भेट गर्नुभएको छ
    (GMT+08:00) 2009-09-03 18:37:31    

           नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य चाङ्ग कोलीले नेपालका मुख्य राजनीतिक दलका नेताहरुसँग भेट गरी छलफल गर्नु भएको छ । वर्तमान सत्ताधार प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुसँग भेट गरी नेपाललाई प्राप्त हुँदै आएको चिनियाँ सहयोगलाई वृद्धि गर्दै लगिने कुरा पनि चिनियाँ नेताले व्यक्त गर्नु भएको छ ।

                नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग हिजो अपरान्ह चिनियाँ प्रतिनिधिमण्डलले भेट गरेको थियो । भेटका क्रममा चिनियाँ नेता चाङ्गले नेपालको शान्ति पक्रियामा चीनले समर्थन गरेको बताउँदै संविधान निर्माण तथा राजनीतिक सहमतिका बारेमा चासो व्यक्त गर्नु भएको छ ।

               चिनियाँ नेता चाङ्गले सबै राजनीतिक दलका नेताहरुसँगको भेटमा नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई एक्काईसौँ शताब्दीमा कसरी अझै मजबुत बनाउन सकिन्छ भन्ने विषयलाई केन्द्रविन्दु बनाउनु भएको सम्बन्धित पक्षले सि.आर.आई.लाई बताएको छ । विशेष गरी नेपालको भूमि समय समयमा चीन बिरोधी गतिविधिमा प्रयोग भएको, दलाई गुटले भारतबाट नेपालमा प्रवेश गरी चीनको स्वायत्त प्रदेव तिब्बतका विरुद्धमा प्रचारवाजी गरेको कुरालाई चिनियाँ नेताले गम्भीरतापूर्वक उठाउनु भएको छ । प्रत्युत्तरमा नेपाली नेताहरुले चिनियाँ नेतालाई नेपाल सदैव एक चीनको नीतिमा अडिग रहेको र नेपालको भूमि चीन विरोधी क्रियाकलापमा प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

                यसैगरी राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाललाई चिनियाँ समकक्षी नेताहरुले चीन भ्रमणका लागि पठाउनु भएको निमन्त्रणापत्र चिनियाँ नेता चाङ्गले हस्तान्तरण गर्नु भएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040