china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरिने भएको छ
    (GMT+08:00) 2009-09-04 18:20:09    

            चिनियाँ कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य चाङ्ग कोलीको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरिने भएको छ । रात्रिभोज नेपालचीन मैत्री सम्बन्धमा कार्यरत विभिन्न संघसंस्थाहरुको आयोजनामा हुने भएको हो ।

                  काठमाडौँको हयात रिजेन्सी होटलमा आयोजना गरिने रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको एक मुख्य आयोजक संस्था नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेलले सि.आर.आई.लाई बताउनुभयो ।

                 रात्रिभोज आयोजना गर्ने संस्थाहरुमा एसोसिएसनसँगै अरनिको समाज, सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल, नेपाल हिमालय सिमापार वाणिज्य संघ, नेपाल चीन उद्योग वाणिज्य संघ, नेपाल चीन मैत्री समाज, नेपाल चीन समाज लगायत रहेका छन् ।

                 चिनियाँ नेता चाङ्गको नेतृत्वमा 18 सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल गत अगष्ट 31 मा नेपाल भ्रमणमा आएको थियो । नेपाल भ्रमण पूरा गरेर चिनियाँ प्रतिनिधिमण्डल भोलि बिहान नेपालबाट श्रीलंका प्रस्थान गर्नेछ।

                 नेपाल भ्रमणमा रहँदा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेट गरेको थियो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040