china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाललाई अप्ठेरो परेको बेला सहयोग गर्न चीन तयार रहेको नेपालका लागिचिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ
    (GMT+08:00) 2009-09-08 17:34:47    

                नेपाल र चीन युगौँदेखिका असल मित्र रहेको र आपसी सहयोगले यो मित्रतालाई अझैनजिक बनाएको चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ ।यही सेप्टेम्बर 5 तारिख शनिबार चीन अध्ययन केन्द्रको कार्यालय अवलोकन गर्ने क्रममाराजदूत छ्वुले नेपाललाई प्राप्त हुँदै आएको चिनियाँ सहयोगलाई वृद्धि गर्दैलगिने पनि बताउनुभयो । उहाँले भन्नुभयो "चीनले उत्तर कोरियापछि सबैभन्दा धेरैवैदेशिक सहयोग नेपाललाई प्रदान गर्दै आएको छ । चीन सरकार नेपाललाई दिँदैआएको आर्थिक सहयोग बढाउँदै लान तयार छ ।"नेपालको राजनीतिक संकटको समाधान नेपाली जनता र नेपालका राजनीतिक दलहरुले नैगर्न सफल हुने उहाँले विश्वास गर्नुभयो । चीनले अर्कोको आन्तरिक मामिलामाकहिल्यै पनि हस्तक्षेप नगर्ने बताउँदै पंचशीलको सिद्धान्तमा दुवै देशको सम्बन्ध विकासभएको प्रष्ट पार्नुभयो ।चिनियाँ राजदूत छ्वुले भन्नुभयो "एउटा अशल छिमेकी राष्ट्र भएको हुनालेनेपालमा आउने स.कट निवारण गर्नका लागि चिनियाँ सहयोग जारी रहनेछ ।सार्वभौमसत्ता सम्पन्न नेपालको अनुरोधमा आर्थिक, प्राविधिक र सैनिक सहयोग गर्नचीन तयार छ ।"नेपालले सधैँ एक चीनको नीतिलाई समर्थन गरेको बताउँदै चीनको स्वायत्त प्रवेदतिब्बतका विषयमा दलार्य गुट र पश्चिमा राष्ट्रले चीनलाई टुक्र्याउन खोजेको पनिउहाँले बताउनुभयो । नेपालको भूमि प्रयोग गरेर हुने चीन बिरोधी गतिविधिलाईनेपाल सरकारले नियन्त्रण गरेकोमा उहाँले प्रशंसा पनि व्यक्त गर्नुभयो ।चिनियाँ कम्युनष्टि पार्टी स्थायी समिति सदस्य चाङ्ग कोलीको नेपाल भ्रमणसफलतापूर्वक सम्पन्न भएको र अब नेपालका परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले गर्ने चीनभ्रमणको तयारी पैचिङ्गले पूरा गरेको चिनियाँ राजदूत छ्वुले सो अवसरमाबताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040