china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका परराष्ट्रमन्त्री सुजाता कोइराला चीन भ्रमणका क्रममा आज पेइचिङ्ग आइपुग्नुभएको छ
    (GMT+08:00) 2009-09-09 17:26:57    

                 परराष्ट्रमन्त्री सुजाता कोइराला आज बिहान चीन प्रस्थान गर्नुभएको छ । उहाँकोनेतृत्वमा 7 स्यीय प्रतिनिधिमण्डल 6 दिने चीन भ्रमणका क्रममा पइचिङ्ग प्रस्थानगरेको हो । चीन प्रस्थान गर्नुपूर्व त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थलमा सि.आर.आई.सँग कुरागर्दै आफूले प्रधानमन्त्री माधवकुमार नेपालको चीन भ्रमणको तयारी स्वरुप चीन भ्रमणगर्न लागेको बताउनुभयो । चिनियाँ विदेशमन्त्री याङ्ग चेइछीको निमन्त्रणामा चीन भ्रमणमा जानु भएकीपरराष्ट्रमन्त्री कोइरालाका साथमा परराष्ट्र मन्त्रालयका सचिव ज्ञानचन्द्र आचार्य, सहसचिवअरुणप्रसाद धिताल तथा मन्त्री कोइरालाका सल्लाहकार डाक्टर चिरन्जीवी नेपाल संलग्नहुनुहुन्छ । परराष्ट्रमन्त्री कोइराला चीन भ्रमण पूरा गरेर आगामी 13काठमाडौँ फर्कनुहुनेछ ।चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री कोइरालाले चिनियाँ समकक्षी याङ्गसँग भेटवार्तागर्नुहुनेछ । त्यसैगरी चिनियाँ प्रधानमन्त्री वान च्यापाओसँग पनि भेट गर्ने कार्यक्रमरहको परराष्ट्रमन्त्री कोइरालाले बताउनुभयो । नेपाललाई थप आर्थिक सहयोगकोभ्रमणका क्रममा उठाइने महत्वपूर्ण एजेन्डा रहेको बताउँदै आफ्नो चीन भ्रमणपछिचिनियाँ सहयोग बढ्ने आशा लिएको उहाँले बताउनुभयो । नियमित रुपमा चीनले नेपाललाई उपलब्ध गराउँदै आएको सैनिक सहयोग तथा अन्यप्राविधिक सहयोगको विस्तारका लागि पनि कुराकानी हुने बताउँदै परराष्ट्रमन्त्रीकोइरालाले आफूपछि प्रधानमन्त्री माधवकुमार नेपालले चीनको भ्रमण गर्ने कार्यक्रमरहेकाले त्यसको तयारी कार्य आफ्नो काँधमा आएको स्पष्ट पार्नुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040