china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा चीनको स्वायत्त प्रदेश तिब्बतका महिलासम्बन्धी फोटो प्रदर्शनी सुरुभएको छ
    (GMT+08:00) 2009-09-11 18:23:15    

                 तिब्बती महिलाहरुको संगठन र चिनियाँ राजदूताबासको संयुक्त आयोजनामाकाठमाडौँमा तिब्बती महिलाहरुको जीवनचित्र झल्किने खालको फोटो प्रदर्शनी सुरुभएको छ । लाजिम्पाटस्थित होटल सांगि्रलामा हिजोदेखि सुरु भएको फोटो प्रदर्शनीआगामी पाँचदिनसम्म सञ्चालित हुनेछ । फोटो प्रदर्शनीको उद्घाटन गर्दै संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदीलेचीनको स्वायत्त प्रदेश तिब्बतका महिलाहरुले आफ्नो मातृभूमिका लागि गरेको संघर्षर विश्वमा तिब्बतलाई चिनाउन गरेको प्रयास फोटोमा देख्न सकिने धारणाराख्नुभयो ।नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले फोटो प्रदर्शनीले चीनको स्वायत्तप्रदेश तिब्बतबारेमा राम्रो जानकारी प्रस्तुत गरेको बताउनुभयो । नेपालको 04 सयकिलोमिटरभन्दा बढी सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको उल्लेख गर्दैदुवै देशबीचको सम्बन्ध सगरमाथा जस्तै स्वच्छ रहेको पनि राजदूत छ्वुले बताउनुभयो।कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव लीलामणि पौडेलले दुवैराष्ट्र घनिष्ट र छिमेकी मुलुक भए पनि एक अर्कामा कम जानकारी भएको बताउनुभयो ।नेपालमा प्रायोजित सञ्चारमाध्यमहरुले चीन बिरुद्धमा समाचार प्रवाह गरिरहेको बताउँदैचीनको तिब्बतमा भएको विकास र प्रगतिले विश्वलाई आश्चर्यमा पार्नेगरी काम गरेकोकुरा पनि नेपालीले जानकारीमा राख्नुपर्ने बताउनुभयो ।प्रदर्शमा राखिएका एक सयभन्दा बढी तस्बिरहरुले तिब्बती महिलाहरु मायालु आमा, अशलश्रीमती र सफल गि्रहिणी हुन्छन् भन्ने अभिव्यक्ति दिएको तिब्बती महिला संघीकीप्रमुखले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040