china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल र चीनबीच तीनवटा परियोजना निर्माण गर्ने कुरामा हस्ताक्षर भएको छ
    (GMT+08:00) 2009-09-14 20:05:06    
             परराष्ट्रमन्त्री सुजाता कोइराला र चीनका विदेशमन्त्री याङ चेइछीबीच नेपालमा तीनवटा परियोजना कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्रालयले सि.आर.आई.लाई दिएको जानकारी अनुसार हिजो बिहीबार चीनको राजधानी बेइजिङ्गमा द्विपक्षीय वार्तापछि हस्ताक्षर भएको हो ।

              सम्झौता भएका परियोजनामा काठमाडौँको फोहोर उठाउने सवारी साधान र उपकरणको व्यवस्था गर्ने, सुविधासम्पन्न तातोपानी भंसार जाँचकेन्द्र निर्माण गर्ने र काठमाडौँको बाहिरी चक्रपथको सर्वेक्षण गर्ने रहेका छन् ।

              सो परियोजनासम्बन्धी सम्झौतामा चीनका लागि नेपाली राजदूत टंक कार्की र चिनियाँ वाणिज्य मन्त्रालयका सहायकमन्त्री चोङ क्वानले हस्ताक्षर गर्नुभयो । परराष्ट्रमन्त्रालयका अनुसार द्विपक्षीय वार्ताका क्रममा परराष्ट्रमन्त्री कोइरालाले नेपाल र चीनबीच सयौँ वर्षदेखि मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहेको बताउँदै दुवै मुलुकले पञ्चशील र आपसी समझदारीका आधारमा सहयोगलाई विस्तार गरिरहेको चर्चा गर्नुभयो ।

              व्यापार लगानी र विकास सहयोगमा प्रभावकारिता जरुरी छ भन्दै मन्त्री कोइरालाले नेपालको विकासका विविध पक्षमा चीनल पुर्याएको सहयोग अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो ।

              नेपाल र चीनबीच ठूलो व्यापार घाटा रहेको तफ चिनियाँ पक्षको ध्यानाकर्षण गराउँदै मन्त्री कोइरालाले 4 सय 17 प्रकारका नेपाली उत्पादनका वस्तुका निँम्ति चिनियाँ बजार प्रवेश गर्दा शुल्क नलाग्ने व्यवस्था गर्नका लागि चिनियाँ पक्षसँग माग गर्नुभयो ।

             चेतनाथ आचार्य

             सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040