china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका परराष्ट्रमन्त्री सुजाता कोइराला चीन भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको छ
    (GMT+08:00) 2009-09-15 18:17:05    
            परराष्ट्रमन्त्री सुजाता कोइराला 6 दिने चीनको भ्रमण पूरा गरेर हिजो साँझ काठमाडौँ फर्कनु भएको छ । त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थलमा सि.आर.आई.सँग कुरा गर्दै परराष्ट्र मन्त्री कोइरालाले आफ्नो चीन भ्रमण सफल रहेको बताउनुभयो ।

            उहाँले चीनले वार्षिक रुपमा नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई एक अर्बबाट बढाएर डेढ अर्ब बनाएको पनि जानकारी गराउनुभयो । चिनियाँ जनसुरक्षामन्त्री मेङ चियङ्गोले नेपालका जनपद र सशस्त्र प्रहरी प्रशासनलाई सुविधासम्पन्न बनाउन सहयोग गर्ने जानकारी दिँदै यस सम्बन्धमा छलफल गर्न गृहमन्त्री भीम रावललाई चीन भ्रमणको लागि निमन्त्रा आफूले लिएर आएको पनि मन्त्री कोइरालाले बताउनुभयो ।

            परराष्ट्रमन्त्री कोइरालाको चीन भ्रमणका समयमा काठमाडौँ सहर सफाइका लागि गाडी र उपकरण प्रदान गरिदिने, तातोपानी सुख्सा बन्दरगाहमा भवन र व्यवस्थित पार्किङ्ग स्थल निर्माण गरिदिने तथा चक्रपथ सुधार  सर्वेमा सहयोग गर्ने परियोजनामा चीन सहमत भएको पनि जानकारी दिनुभयो । आफूले चिनियाँ पक्षसँग 77 अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन आग्रह गरेको बताउँदै यस बारेमा चीन तयार रहेको पनि दाबी गर्नुभयो ।

            यसैबीच चीनको राजधानी बेइजिङ्गमा चौध वर्षअघि सम्पन्न चौथो अन्तर्राष्टि्रय महिला सम्मेलनले तय गरेका एजेण्डा र उपलब्धीको समीक्षा गर्न हिजो आइतबार काठमाडौँमा सुरु भएको छ । सम्मेलनमा महिला अधिकारका क्षेत्रमा कार्यरत 50 भन्दा बढी संघसंस्थाको सहभागिता रहेको छ ।

             चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040