china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले अरनिको समाजको कार्यालयको उद्घाटन गर्नु भएको छ
    (GMT+08:00) 2009-09-16 19:36:47    
             नेपाल र चीनबीचको मैत्री सम्बन्धमा चीनमा अध्ययन गरेर फर्किएका विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ । गत शुक्रबार काठमाडौँको चाइना टाउनमा अरनिको समाजको कार्यालय उद्घाटन गर्दै राजदूत छ्वुले सो विचार राख्नु भएको हो ।

            समाजको कार्यालयको उद्घाटन गर्दै राजदूत छ्वुले नेपाल र चीनबीचको सम्बन्धमा अरनिको कोशेढुङ्गा भएको बताउनुभयो । एक्काईसौँ शताब्दीमा आइपुग्दा थुप्रै अरनिकोहरु जन्मेर दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाएको उहाँको कथन थियो ।

             अरनिको समाजले सामाजिक सेवा माफत महत्वपूर्ण काम गरेको बताउँदै राजदूत छ्वुले भन्नुभयो "जनस्तरसम्म नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई विस्तार गर्ने काम समाजले गरिरहेको छ । म मुक्तकण्ठले यसको प्रशंसा गर्दछु ।"

            समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले समाज सँधै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई सरकारात्मक ढङ्गले अगाडि बढाउने काममा निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा नेपाली विद्यार्थीलाई चीनमा गएर अध्ययन गर्न थप प्रोत्साहित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

             अरनिको समाज चीनमा अध्ययन गरेर फर्किएका नेपालीहरुको साभmा संस्था हो । समाजले चाइना टाउन बागदरवारमा एउटा प्लाफ किनेर कार्यालय स्थापना गरेको छ । चीनमा अध्ययन गरेर फर्किका व्यक्तिहरुले राष्ट्र निर्माणमा महत्वपूर्ण काम गर्दै आएका छन् । विशेष गरी प्राविधिक क्षेत्रमा चिकित्सा शास्त्र र इन्जिनियरिङ्ग विषयमा चीनमा गएर अध्ययन गर्ने प्रचलन नेपालमा लोकपि्रय रहेको छ ।

             चेतनाथ आचार्य

             सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040