china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ चीन स्थापनाको 60 औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ सांस्कृतिक कार्यक्रमको आयाजना गरिएको छ
    (GMT+08:00) 2009-09-17 19:29:48    
           नयाँ चीन स्थापना भएको 60 औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । हिजो मंगलबार साँझ आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजित सांस्कृतिक कार्यक्रममा चिनियाँ सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरियो ।

           काठमाडौँस्थित चिनियाँ दूताबासको सैनिक सहचरी विभागारा आयोजित सो चिनियाँ सांस्कृतिक कार्यक्रममा मन्त्री तथा राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्ग तथा चिनियाँ दूताबासको सैनिक सहचरी पाहुनाहरुको स्वागतमा व्यस्त हुनुहुन्थ्यो ।

            चीनले बितेका 60 वर्षमा उपलब्धी गरेका महत्वपूर्ण तथ्यतथ्याहरुलाई समेत सो अवसरमा प्रस्तुत गरिएको थियो । चीनका विभिन्न क्षेत्रका आदिवासी जनजातिहरुका सांस्कृतिक पक्षका श्रव्यदृश्यलाई कलाकारहरुले प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान थिए ।

             सन् 1949 अक्टोबरको 1 तारिखका दिन नयाँ चीन स्थापना भएको हो । यस अवसरमा हरेक वर्ष नेपालमा पनि सेप्टेम्बर महिनाको अन्तिम दुई सातामा विभिन्न कार्यक्रमको आयोजना गरी चिनियाँ राष्टि्रय दिवस मनाउने गरिन्छ । सोही अवसर पारेर भोलि 17 तारिख चिनियाँ दूताबासको आयोजनामा होटल ह्यातमा वृहत रात्रिभोजको आयोजना हुने भएको छ । त्यसैगरी नेपाल चीन समाजले आगामी २२ तारिखमा होटल याक एण्ड यतिमा सोही अवसरका उपलक्ष्यमा भव्य समारोहको आयोजना गर्ने समाजका अध्यक्ष प्रेमकुमारी पन्तले सि.आर.आई.लाई बताउनुभयो ।

            चेतनाथ आचार्य

           सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040