china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको ग्वाङ्चोउमा आयोजना हुने चिनियाँ आयातनिर्यात मेलामा नेपालले पनि भाग लिने भएको छ
    (GMT+08:00) 2009-09-18 19:35:49    
              चीनको ग्वाङ्चोउमा आयात निर्यातसम्बन्धी सबैभन्दा ठूलो मेलाको आयोजना हुने भएको छ । आगामी अक्टोबर 15 देखि 21 गतेसम्म सञ्चालन हुने सो मेला 106 औँ पटक आयोजना गर्न लागिएको हो । मेलामा नेपालले पनि भाग लिने भएको छ ।

              नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले सि.आर.आई.लाई दिनु भएको जानकारी अनुसार चीनमा अयोजान हुने मेलामध्येको सबैभन्दा ठूलो उक्त मेलामा 22 हजारभन्दा बढी स्टल रहनेछन् । मेला तीन चारणमा गरी आयोजना हुने श्रेष्ठले बताउनुभयो ।

              अक्टोबर 15 तारिबाट चल्ने पहिलो चार दिनको मेलामा इलेक्ट्रोनिक्स तथा विद्युतीय र घरायसी सामानहरु प्रदर्शनमा रहनेछन् । त्यसैगरी हार्डवेयर सामाग्री, मेसिनरी यातायात तथा त्यसका पाटपुर्जा निर्माण सामाग्री र केमिकल्सको प्रदर्शन पनि गरिनेछ ।

              आयोजकलाई उद्धृत गर्दै श्रेष्ठले बताउनु भए अनुसार दोस्रो चरणमा उपभोग्य र उपहारको सामानहरु प्रदर्शन गरिने छ । त्यसैगरी तेस्रो चरणमा गार्मेन्ट, टक्साटाइल र मनोरञ्जनको सामानहरुको प्रदर्शन गरिनेछ । यसरी मेला चरणवद्ध रुपमा सम्पन्न हुनेछ ।

              उक्त मेलामा नेपालको तफबाट नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा एक व्यापारिक टोली ग्वाङ्चोउ जाने र सो मेलामा नेपालको तफबाट दुईवटा सदस्य कम्पनीले नेपाली हस्तकलाका सामान प्रदर्शनीमा राख्ने भएको छ ।

             चेतनाथ आचार्य

             सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040