china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल चीन समाजले चीनको 60औं राष्टि्रय दिवसका अवसरमा काठमाडौँमा स्वागतकार्यक्रम आयोजना गरका छन्
    (GMT+08:00) 2009-09-24 19:27:29    

              चीन स्थापनाको 60औं विर्षिकोत्सवका अवसरमा नेपाल चीन समाजले एकरात्रिभोज कार्यक्रमको आयोजना गरेको छ । समाजका अध्यक्ष प्रेमकुमारी पन्तकोआतिथ्यमा सम्पन्न भएको सो समारोहमा तीन सय जति आमन्त्रित पाहुनाहरु सहभागीहुनुहुन्थ्यो । हिजो मंगलबार साँझ होटल याक एण्ड यतिमा आयोजित रात्रिभोजमा संविधानसभाअध्यक्ष सुवासचन्द्र नेम्बाङ प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो । नेपालकालागि चिनियाँ राजदूत छ्वु कोहोङ तथा दूताबासका सबै अधिकारीहरुक सो अवसरमाउपस्थिति हुनुहुन्थ्यो।संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदी लगायत मीनेन्द्र रिजाल, प्रकाशसरण महतजस्ता वरिष्ठ मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरु समेत सो कार्यक्रममाउपस्थिति हुनुहुन्थ्यो । नेपाल चीन मैत्री संघसंस्थाका प्रमुखहरु, पत्रकार, राजनीतिकनेताहरु, कुटनीतिक प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरुको सो अवसरमा उपस्थितिथियो । प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि निमन्त्रणा गरिएको तर उहाँ अमेरिकाभ्रमणमा जानु भएकाले उपस्थित नहुनु भएको आयोजय संस्थाकी प्रमुख पन्तलेसि.आर.आई.लाई बताउनुभयो ।

              सन् 1949 अक्टोबर 1 तारिखका दिन चिनियाँ जनताले अध्यक्ष माओत्सेतुङ्गको नेतृत्वमा क्रान्ति गरी नयाँ चीनको स्थापना गरेका थिए । त्यसपछि हरेक वर्षकोअक्टोबर १ तारिखलाई चिनियाँ राष्टि्रय दिवसका रुपमा मनाउने गरिन्छ । यसभन्दा पूर्व चिनियाँ दूताबासले समेत नयाँ चीन स्थापनाको 60औंविर्षिकोत्सवका अवसरमा रात्रिभोजको आयोजना गरिसकेको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040