china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालीहरुको महान चाड दशैँको अवसरमा नेपाल चीन मैत्री संघसंस्थाका प्रमुखहरुले शुभकामना व्यक्त गरेका छन्।
    (GMT+08:00) 2009-09-28 16:42:27    

          नेपालीहरुको मुख्य चाड दर्शैको सुखद्‍ उपलक्ष्यमा नेपाल चीन मैत्री संघसंस्थाका अधिकारीहरुले शुभकामना व्यक्त गरेका छन्। सि.आर.आई. माफत समस्त श्रोतालाई शुभकामना दिँदै विजया दशमी 2066 को सुखद अवसरसँगै नयाँ चीन स्थापनाको 60 औं वार्षिकोत्सवको सुभकामना पनि अधिकारीहरुले व्यक्त गरेका छन्।

               चीन अध्ययन केन्द्र, नेपाल चीन कार्यकारी परिषद, अरनिको समाज, नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसन, सि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपाल, नेपाल हिमालय सिमापार वाणिज्य संघ, नेपाल चीन समाज, नेपाल चीन उद्योग वाणिज्य संघ जस्ता संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका हुन्।

               दशैँले सबै नेपालीका घरघरमा शान्ति, हाँसो र खुशी छावोस्‍ भन्दै सोही अवसरमा नेपालको अशल छिमेकी मित्रराष्ट्र चीनको 60 औं राष्टि्रय दिवसको शुभकामना पनि उहाँहरुले व्यक्त गर्नु भएको छ। नेपाल र चीबचीको मैत्री सम्बन्ध अझै मजबुत हुँदै जाओस्, चीनको प्रगतिले विश्वमै प्रभाव जमाओस्‍ भन्दै शुभेच्छाका गुच्छाहरु व्यक्त गरिएका छन्।

               यसरी शुभकामना व्यक्त गर्नेहरुमा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी, नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराई, अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाह हुनुहुन्छ। त्यसैगरी नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेल, सि.आर.आई. श्रोता क्बलहरुको राष्टि्रय परिषदका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरे, नेपाल चीन समाजकी अध्यक्ष प्रेमकुमारी पन्त तथा नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ रहनु भएको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040