china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका विभिन्न जातिका नागरिकहरु नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सव मनाउदै
    (GMT+08:00) 2009-10-07 19:30:09    
             मिठो गीत गाइरहेको छ र आकर्षक नाचगान नाचिरहेको छ......यस वर्ष जन गणतन्त्र चीनको स्थापनाको साठीऔं वार्षिकोत्सव हो। यस वर्षको राष्ट्रिय दिवस अवधिमा चीनका विभिन्न जातिका नागरिकहरुले विविध कार्यक्रमको आयोजना गरी नयाँ चीनस्थापनाको साठीऔं वार्षिकोत्सव मनाइरहेका छन्। अव यस विषय सम्बन्धी एक विस्तृत विवरण सुन्नुहोस्।

               चीनको दक्षिणी भागमा पर्ने क्वाङ सि च्वाङ जातिय स्वायेत्त प्रदेश चीनको अल्पसंख्यक जातिको सबैभन्दा बढी जनसंख्या भएको एउटा प्रान्त स्तरीय क्षेत्र हो। जन गणतन्त्र चीनको स्थापना भएदेखि क्वाङ सिमा उल्लेखनिय परिवर्तन भएको छ। गत वर्ष क्वाङ सिको कूल गार्हस्थ उत्पादन मात्रा सन् 1950को तुलनामा एक सय बीस गुणाले वढि थियो । प्रति व्यक्ति उत्पादनको मात्रा सरदर चौध हजार नौ सय चिनियाँ युआन पुगेको छ। यो सन् 1950को तुलनामा त्रिचालीस गुणाले वढि हो।

               नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सव मनाउने सन्दर्भमा अक्टोबर एक तारिख क्वाङ सिका सम्पूर्ण एक हजार एकचालीस वटा अल्पसंख्यक जातिय गाउँलेले एउटै समयमा राष्ट्रिय झण्डाको झण्डोतोलन गरि विशेष तरिकामार्फत नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सवको स्वागत गरेका थिए।  

              तिब्बत स्वायेत्त प्रदेश चीनको दक्षिण-पश्चिमी भागमा पर्छ। पूरानो तिब्बतमा उत्पादित सामग्री अल्पसंख्यक भूमिपतिको हातमा रहेको कारण तिब्बतको कृषि तथा पशुपालन व्यवसायको विकासलाई त्यतिवेला धेरै सिमित गरिएको थियो। नयाँ चीनको स्थापनापछि भने तिब्बतका किसान तथा पशुपालकहरुको जीवनस्तर धेरै नै माथि उठेको छ। राष्ट्रिय दिवस अवधिमा तिब्बतका विभिन्न स्थानमा विभिन्न कार्यक्रम तथा नाचगानको आयोजना गरी मातृभूमिप्रति विभिन्न जातिले शुभकामना व्यक्त गरेका छन्।

               चीनको उत्तरी भागमा पर्ने भित्री मंगोलिया स्वायेत्त प्रदेश चीनको सबैभन्दा पहिले स्थापित अल्पसंख्यक स्वायेत्त प्रदेश हो। वितेका साठी वर्षदेखि भित्री मंगोलिया स्वायेत्त प्रदेशले जातिय एकतथा तथा सामाजिक स्थिरता सम्बन्धी बिषयमा राम्रो परिस्थिति कायम राखेको छ। अहिले भित्री मंगोलियामा एक दिनमा हुने आम्दानी सन् 1949को सम्पूर्ण वर्षको तुलनामा तीन गुणाले वढि छ भने भित्री मंगोलियाको आर्थिक विकासको बृद्धि दर वितेका सात वर्षदेखि चीनको पहिलो स्थानमा रहेको छ।

              राष्ट्रिय दिवस मनाउने कार्यक्रममा संलग्न भएका अ लुन छुन जातिका बृद्ध थुङ मु छाउ अहीले साठी वर्षको हुनुभयो। उहाँले आफ्नो घरमा टेलिभिजन, फ्रिज, वाशिन मेशिन, टेलिफोन लगायत घरेलु विजुलीका सामानहरु रहेको जानकारी दिनुभयो।  

               हाम्रो अ लुन छुन जातिका शिकारीहरुको जीवनयापन पहिलेको गरिबीको अवस्थाबाट अहिलेको सम्पन्न अवस्थामा रुपान्तरण भएको छ। मैले हाम्रो जीवनयापन अरु उज्यालो र जन गणतन्त्र चीन अरु शक्तिशाली हुने आशा लिएको छु।

               चीनको उत्तर-पश्चिमी भागमा पर्ने निङ श्या ह्वै जातिय स्वायेत्त प्रदेशको स्थापना सन् 1958मा भएको थियो। गत वर्ष निङ श्या ह्वै जातिय स्वायेत्त प्रदेशका शहरबासीहरुको औसत आय सन् 1958को तुलनामा उनान्सठी गुणाले वृद्धि भएको छ भने किसानहरुको औसत आय सन् 1958को तुलनामा पैंतीस गुणाले वृद्धि भएको छ।

              नयाँ चीनको स्थापनाको साठीऔं वार्षिकोत्सवको उपलक्षमा निङ श्याका सर्वसाधारण पनि धेरै खुसी भएका छन्। यस खुसीयालीको भावना अभिव्यक्त गर्नका लागि निङ श्या ह्वै जातिय स्वायेत्त प्रदेशको छिङ शान क्षेत्रका ह्रै जाति तथा हान जातिका सर्वसाधारणले अक्टोबर एक तारिख मातृभूमिलाई शुभकामना दिदै दुई हजार नौ वटा मम पकाएका थिए। ।

             सिन च्याङ युगुर स्वायेत्त प्रदेश चीनको सबैभन्दा ठूलो क्षेत्रफल भएको एउटा प्रान्त हो। वितेका धेरै वर्षदेखि सिन च्याङका विभिन्न जातिका नागरिकहरुको बीचमा समानता, एकता, सहयोगात्मक तथा मेलमिलापयुक्त सम्बन्ध कायम रहेको छ। वितेका छ वर्षदेखि सिन च्याङको आर्थिक बृद्धि दर हरेक वर्ष दश प्रतिशत भन्दा बढी रहेको छ।

              राष्ट्रिय दिवसको अवधिमा सिन च्याङ युगुर स्वायेत्त प्रदेशको सदरमूकाम उरुमुछिको रमाइलो सड्कमा रहेको हरेक पसलले चीनको पाँच तारे राष्ट्रिय लाल झण्डा झुन्ड्याएका छन्। उरुमुछिका नागरिक क हुंग मिनले भन्नुभयो,  

             यस्तो दृश्यले हामीलाई एउटा मंगलमय तथा खुसीयालीको अनुभव गराएको छ। सामान्य बेलामा हाम्रो परिवारका सदस्यहरु भेला हुन सक्दैनन्। तर विदा तथा चाडको अवधिमा हामी यहाँ निकै खुसीयाली सहीत चाडवाड मनाउने गर्दछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040