china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका सूचना तथा संचारमन्त्री शंकर पोखरेल चीन भ्रमणका क्रममा बेइजिङ्ग आइपुग्नुभएको छ
    (GMT+08:00) 2009-10-14 17:02:03    

            सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल हिजो सोमबार चीन प्रस्थान गर्नु भएको छ ।बेइजिङ्गमा आयोजना हुने एक कार्याशाला गोष्ठीमा भाग लिन मन्त्री पोखरेल चीन जानुभएको हो । नेपालको छिमेकी मुलुक चीनको राजधानी बेइजिङ्गमा हुने विकासशील राष्ट्रहरुकोरेडियो र टेलिभिजनसम्बन्धी मन्त्री स्तरीय कार्याशालामा मन्त्री पोखरेलले भागलिनुहुनेछ । नेपामा सञ्चालित रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन सेवा नेपालसरकारको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत पर्ने गर्दछन् ।

               विभागीय मन्त्रालयकोप्रतिनिधि स्वरुप सूचना तथा सञ्चार मन्त्री पोखरेलले कार्यशालामा भाग लिनुहुनेछ । सो कार्यशालामा नेपालसहित एसिया, मध्यएसिया, अफ्रिका, ल्याटिन अमेरिका, युरोपर दक्षिणी प्रशान्त क्षेत्रका 49 मुलुकका मन्त्री सहभागी हुनेछन् । चीन प्रस्थान गर्नुपूर्व त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थलमा सि.आर.आई.सँग संक्षिप्तकुरा गर्दै मन्त्री पोखरेलले सञ्चार माध्यमहरुले विश्वमा शान्ति र भातृत्व फैलाउने कामगर्नुपर्ने बताउनुभयो । आफूले नेपालको बदलिएको अवस्था तथा शान्ति प्रक्रियालाईविश्वसामु उजागर गरेर सही सूचना सम्प्रेषण गर्ने उहाँले बताउनुभयो ।कार्याशालाको समय बाहेक चीनका मन्त्री तथा नेताहरुसँग भेट गरी दुई पक्षीयसहयोगका बारेमा पनि आफूले कुरा गर्न चाहेको उहाँले खुलस्त गर्नुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040