china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा प्रदर्शन भइरहेको चिनियाँ एक्रोव्याटिकलाई दर्शकहरुले अत्यधिक मन पराएका छन्
    (GMT+08:00) 2009-10-15 19:13:55    

             गत 11 तारिखदेखि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजना भइरहेको चौथो चीन महोत्सवको मुख्य आकर्षष चिनियाँ एक्रोव्याटिक भएको छ। चिनियाँ कलाकारहरुले प्रदर्शन गर्ने एक्रोव्याटिकलाई दर्शक तथा सञ्चार माध्यमले प्राथमिकतामा राखेका छन् ।

                 चिनियाँ कलाकारहरुले एउटै साइकलमा बसेर देखाएको कला अथवा आगो बलिरहेको रिङ्गभित्र पसेर प्रदर्शन गरेको कलाले दर्शकलाई आश्चर्यचकित बनाउने गर्दछ । कलाकारको कलाले दर्शकलाई हलभित्र जुरुकजुरुक उठाउने गर्दछ । कतिपय दृश्यले त दर्शकको शरीर नै सिरिङ्ग बनाउने काम पनि गर्दछ।

                 दर्शकले पत्याउनै नसक्ने गरी एक्रोव्याटिक कलाकारले देखाउने शरीरको लचकता र कला हेर्दाहेर्दै समय बितेको पत्तै हुँदैन । दर्शकको गडगडाहट ताली र हौसलाले चिनियाँ कलाको उच्च मूल्यान हुने गरेको छ । कतिपय सोमा त चिनियाँ कलाकारहरुले नेपाली पोशाक लगाएर मञ्चमा उपस्थित हुँदा दुवै राष्ट्रबीचको भावनात्मक सम्बन्धलाई समेत कसिलो बनाउने कुरा स्पष्ट झल्काएको देखिन्छ ।

                 चिनियाँ दूताबासको आयोजनामा चीनको च्याङ्सु प्रान्तबाट कलाकारहरु आएर चौथो चिनियाँ महोत्सव प्रदर्शन गरिरहेका छन् । महोत्सवमा चिनियाँ एक्रोव्याटिक बाहेक फेसन सो, चिनियाँ गीत तथा नृत्य तथा अन्य विविध कलाका विषयहरु प्रदर्शन गरिँदै छ । प्रदर्शनीको गत 11 तारिखमा प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नु भएको थियो । आगामी 16 तारिखसम्म चल्ने चौथो चिनियाँ महोत्सवलाई नेपाली दर्शकले मन पराएको कुराले नेपालमा चिनियाँ कला र संस्कृति लोकप्रिय हुँदै आएको प्रमाषित हुन्छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040