china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र नेपालबीचको मैत्री सम्बन्धमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको नेपालका सूचना तथा सञ्चार मन्त्रीले बताउनु भएको छ
    (GMT+08:00) 2009-10-16 18:29:28    

             चीन सरकारारा बेइजिङमा आयोजित विकासशील राष्ट्रहरुको रेडियो र टेलिभिजनसम्बन्धी मन्त्रीस्तरीय कार्याशालाको उद्घाटन कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउन सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।

                 मन्त्री पोखरेलका प्रेस सल्लाहकार प्रमोद दाहालले सि.आर.आई.लाई बताउनु भए अनुसार मन्त्री पोखरेलले दुवै देशका साझा कुराहरुलाई सञ्चार माध्यमले आदानप्रदान गर्ने कुरालाई अझै मजबुत बनाउनुपर्ने कुरालाई जोड दिनुभएको छ ।

                 सूचना तथा सञ्चारमन्त्री पोखरेलले नयाँ संविधान निर्माणसँगै शान्त र समृद्ध नेपालको ढोका खुल्ने कुरामा नेपाली जनता विश्वस्त रहको पनि बताउनु भएको सल्लाहकार दाहालले जानकारी दिनुभयो ।

                 अन्तर्राष्ट्रिय जगतमा नेपालको सूचना प्रवाह गर्ने तथा चीन र नेपालबीचको मैत्री भावनालाई आँच आउन नदिने कुरामा नेपाली सञ्चार माध्यमले जिम्मेवारी वहन गर्दै आएको पनि मन्त्री पोखरेलले सो अवसरमा बताउनुभयो ।

                 मन्त्री पोखरेलले नेपालका सार्वजनिक तथा निजी क्षेत्रका रेडियो तथा टेलिभिजनको भूमिका अझै प्रभावकारी बनाउन सरकार तयार रहेको पनि बताउनुभयो। उहाँले नयाँ नीति तथा प्रविधि आत्मसात गर्ने बताउँदै नेपाल टेलिभिजन र नेपालको दूरसञ्चारको विकासमा चिनियाँ सहयोगको प्रशंसा गर्दै आउँदा दिनमा पनि सूचना प्रविधिको क्षेत्रमा थप चिनियाँ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040