china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको पूर्वी शहर धरानमा 'चीनको तिब्बत' विषयमा फोटो प्रदर्शन सुरु भएको छ
    (GMT+08:00) 2009-10-26 19:23:12    
            नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले नेपाल सरकार एक चीनको नीतिप्रति प्रतिवद्ध रहेकोमा आभार व्यक्त गगर्नु भएको छ । सुनसरी जिल्लाको धरानमा हिजो बिहीबारदेखि सुरु भएको चीनको तिब्बत फोटो प्रदर्शनको उद्घाटन गर्दै चिनियाँ राजदूत छ्वुले सो बिचार व्यक्त गगर्नु भएको हो । नेपाल सरकारले चीनबिरोधी गतिविधि हुन नदिएको र त्यस्ता गतिविधिमा लागेका व्यक्तिलाई कारवाही गरेकोमा राजदूत छ्वुले प्रशन्नता प्रकट गगर्नु भएको हो ।

             चीनका लागि नेपाल विकासशील र महत्वपूर्ण छिमेकी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो "नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नर्दिकोमा म धन्यवाद र अभार व्यक्त गर्दछु ।"

             उद्योग वाणिज्य संघ सुनसरीको आयोजनामा बिहीबारदेखि सुरु भएको सो फोटो प्रदर्शनी तीनदिनसम्म रहनेछ । कार्यक्रमको शुभारम्भ गर्दै उहाँले नेपाली जनताले तिब्बतमा केकस्तो परिवर्तन भएको छ भन्ने कुरालाई फोटोबाट हेर्न सकिने बताउनुभयो । 50 वर्ष अगाडिको भूदाषप्रथाबाट जर्जर भएको तिब्बतमा अहिले हाँसो र खुशी छाएको कुरालाई तिब्बती फोटोग्राफरहरुले खिचेका तस्बीरमा प्रष्ट हेर्न सकिन्छ । फोटो प्रदर्शनीले चीनको तिब्बतमा भएको विकासको सही सूचनालाई नेपालीहरुसम्म छर्न सक्ने बताउँदै दुवै देशमा साझा भावनाको विकास भइरहेको पनि बताउनुभयो ।

              चीनले संखुवासभाको किमाथाङ्का नाकाबाट भारत जोड्ने उत्तर दक्षिण यातायात मार्गको विकासमा सहयोग गर्नसक्ने संभावना पनि औँल्याउनुभयो । सो अवसरमा धरान नगरपालिकाका कार्यकारी प्रमुख खगेन्द्र खतिवडाले चिनियाँ राजदूत छ्वुलाई नेपाली टोपी लगाएर सम्मान प्रकट गगर्नु भएको थियो ।

              चेतनाथ आचार्य

             सि.आर.आई.

              काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040