चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिङ् काङ्गले आज पैइचिङ्गमा बोल्दै चीनले समान र पारस्परिक सम्मानको आधारमा छलफल गरि चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा देखिएका मतभेदको सामना गर्ने बताउनुभयो।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीन र अमेरिकाबीचको वर्तमान आर्थिक तथा व्यापारिक सम्बन्धको चर्चा गर्दै प्रवक्ता छिङ् काङ्गले चीन र अमेरिका महत्वपूर्ण व्यापारिक साझेदार मुलुक हुन भन्नुभयो ।
उहाँले चीन-अमेरिकावीचको आर्थिक तथा व्यापारिक सम्बन्धको महत्वपूर्ण स्थान रहेको र सो व्यापारिक सम्बन्धले दुबै मुलुकका जनताको व्यवहारिक हित गरेको बताउनुभयो। उहाँका अनुसार चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा केही मतभेद रहेका छन् र चीनले ति मतभेदको सामना गर्नका लागि सक्रिया प्रयास गर्न अमेरिकालाई आव्हान गरेको छ।
|