china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पुरानो तिब्बतको पुनरावलोकनको पहिलो भाग
    (GMT+08:00) 2007-11-23 15:49:40    

                    चीनको केन्द्रीय न्यूसरिल चलचित्र कारखानाले हालै "पुरानो तिब्बतको पुनरावलोकन" शिर्षकको वृत्त-चित्र सार्वजनिक गरेको छ। यसमा प्रत्यक्ष दर्शक र सम्बन्धित विशेषज्ञ तथा विद्बानहरुसितको कुराकानीमार्फत सन 1959 मा प्रजातान्त्रिक सुधार हुनुअघि तिब्बतको राजनीति, अर्थतन्त्र, समाज तथा संस्कृति लगायतका विभिन्न क्षेत्रको अवस्थाबारे जानकारी दिइएको छ। त्यस वृत्त-चित्रले तिब्बतीहरुमा निकै ठूलो प्रतिक्रिया जगाएको छ।

                     त्रिहत्तर वर्षीय तिब्बती क्यामराम्यान टाशी वांतु तिब्बतको प्रजातान्त्रिक सुधारका प्रत्यक्षदर्शीमध्येका एक हुनुहुन्छ। पचास वर्षभन्दा पहिले प्रथम तिब्बती क्यामराम्यानका रुपमा उहाँले फाल्हा फार्मका बारेमा वृत्त-चित्र तयार पार्नुभएको थियो। फाल्हा फार्म पहिलेको तिब्बतका कुलीन घरानीयाहरुका बाह्रवटा फार्महरुमध्येको एक थियो। गत शताव्दीको पचासको दशकअघि ती कुलिनहरुको फार्मभित्र र बाहिर दुइवटा संसार छन भन्न सकिन्थ्यो। पहिलो पटक त्यस फार्मको शोभा तथा अपव्यय देखेर गरिब परिवारबाट आउनुभएका श्री टाशी वांतु आश्चर्यचकित हुनुभयो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                   "हामीले फाल्हा फार्मका बारेमा वृत्त-चित्र खिच्ने बेला त्यसका मालिक भारतमा सरिसकेका थिए। त्यहाँका प्रबन्धकले छालाबाट बनाइएका दुइवटा ठूला झोला लिएर आयो। ती दुइवटा झोला साँचाहरु राखिने झोला हुन। ती प्रबन्धकले हरेक कोठा खोलेर हामीलाई देखाए। त्यो फार्म कति पो धनी रहेछ। हरेक कोठामा रक्सी तथा खाने कुरा टन्न राखिएको थियो, र धेरैजसो रक्सी विदेशी नै थिए। यसका अतिरिक्त, त्यहाँ विदेशबाट ल्याइएका प्रशस्त मिठाइहरु पनि थिए।"

                   सन 1959 मा प्रजातान्त्रिक सुधार हुनुअघि तिब्बतको शासन प्रणाली राजनैतिक तथा धार्मिक शासनअन्तर्गत थियो। तिनताकाको तिब्बती समाज भू-दास व्यवस्थामा आधारित थियो। त्यति बेलाको तिब्बतको शासन व्यवस्था सरकारी अधिकारी, भिक्षु र कुलिन घरानियाहरुले मिलेर सञ्चालन गर्थे। पन्चानब्बे प्रतिशत तिब्बती जनसंख्याले दास-दासीको दुखद जीवन बिताइरहेका थिए।

                  "पुरानो तिब्बतको पुनरावलोकन" वृत्त-चित्रमा दास-दासीहरुको दुखद जीवनको चित्रण गरिएको छ। सन 1959 को प्रजातान्त्रिक सुधारपछि तिनीहरुको जीवनले काँचुली फेरेको छ। भू-दास व्यवस्थालाई रद्द गरिएपछि सम्पूर्ण जनताले समान प्रजातान्त्रिक हक-अधिकारको उपभोग गर्नपाएका छन। यस्तो हुनसक्ने कुरा तिब्बती दास-दासीहरुले पहिले कहिल्यै सोचेका पनि थिएनन।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040