china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको प्रहसन कार्यमा आसक्त कलाकार सोनाम सेरिंग सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-01-04 15:02:48    

                 स्यांग शंग चीनको एक किसिमको प्रहसन कार्यक्रम हो। त्यसमा एक, दुइ वा पाँच/छजना कलाकारहरु बोली वा गायनको तरिकामार्फत दर्शकलाई हसाउँछन। चीनको हान जातिको स्यांग शंग र तिब्बतको प्राचीन बोली तथा गायन कलालाई जोडेर तिब्बती स्यांग शंग रच्ने पहिला कलाकारहरुमध्येका एक श्री सोनाम सेरिंग हुनुहुन्छ। यसका अतिरिक्त, सबैभन्दा पहिले तिब्बती भाषामा नाटक र अन्य बोली तथा गायन कार्यक्रमको रचना गर्ने तिब्बती कलाकार पनि उहाँ हुनुहुन्छ। तिब्बती बोली तथा गायन कलाबारे उहाँ निकै जानकारी हुनुहुन्छ। उहाँले तिब्बतका विविध प्रहसन संस्कृतिको शुद्धिकरणका साथै तीनको निचोड निकालेर "तिब्बतको प्रहसन" नामक पुस्तक प्रकाशित गर्नुभएको छ।

                  बैसट्ठी वर्षीय श्री सोनाम सेरिंगको जन्म तिब्बतमा भएको थियो। माध्यमिक विद्यालयबाट स्नातक हुनुभएपछि उहाँले तिब्बतको नाटक मण्डलीमा एकजना अभिनेता बन्नुभएको थियो। तर छोटो समयपछि उहाँले आफ्नो रुची अभिनय देखाउने क्षेत्रमा नभई बरु सांस्कृतिक रचनामा भएको अनुभव गर्नुभयो। गत शताव्दीको सत्तरीको दशकको पछिल्लो अवधिमा तीस वर्षको उमेरमा उहाँले सांस्कृतिक रचना गर्न थाल्नुभयो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                 "तिनताका मलाई ज्यादै खुशी लाग्यो। तर सांस्कृतिक रचना गर्नु त्यति सजिलो कुरा होइन। यसमा सामान्य जीवनबाट विविध कुराबारे जानकारी लिएर विभिन्न सांस्कृतिक विज्ञानको अध्ययन गर्नुपर्छ। यस क्षेत्रमा शुरुमा मैले ठूलो कठिनाइको सामना गरेको थिएँ। मैले केही छोटो नाटक र गीतको रचना गरेर नाटक मण्डलीलाई पठाएको थिएँ। आफूले सिर्जना गरेका कथाहरु मञ्चन गरिएको देखेर मलाई कति खुशी लागेको थियो। यसरी नै म प्रोत्साहित भएँ र क्रमशः मेरो आत्म-विश्वास बढ्दैगयो।"

                 राम्रो सांस्कृतिक रचनाको सिर्जना गर्नका लागि श्री सोनाम सेरिंगले तिब्बतका धेरै प्रसिद्ध नाटकहरुको अध्ययन गर्नुका साथै विभिन्न ठाउँमा गएर तिब्बती लोक गीत संकलन गर्नुभएको थियो। केही वर्षको प्रयासपछि उहाँले तिब्बतको परम्परागत कथाका आधारमा एउटा दुःखान्तक नाटक रच्नुभयो। सोही नाटकमा उहाँले आफ्नो अनेक बुद्धि तथा क्षमताको प्रयोग गर्नुभएको थियो। तर यसको धेरै नाटककारहरुले आलोचना गरे जसले श्री सोनाम सेरिंगलाई एकदम निराश बनायो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

               "मैले नाटक रचेको यो पहिलो पटक हो। यसमा मैले कति धेरै महत्व दिएको थियो। तर नाटक क्षेत्रका धेरै पूराना पुस्ताका कलाकारहरुले यस बारेमा प्रशस्त सुझाउ दिनुभएको थियो। यसबाट मेरो आत्म-विश्वास तथा सक्रियता तुरुन्तै कम भयो। आफूसँग नाटक रच्ने क्षमता नभएको अनुभव मैले गरें।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040