china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती संस्कृति तथा वातावरणको संरक्षण सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-09-26 10:21:24    

                   सन 2007 को नोभेम्बरमा चीनको एउटा प्रतिनिधि मण्डलले अमेरिकी सर्वसाधारणलाई तिब्बतको आर्थिक तथा सामाजिक विकास र संस्कृतिको संरक्षण आदि कार्यबारे जानकारी दिने उद्देश्यले अमेरिकाको भ्रमण गरेको छ। चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रका अध्ययनकर्ता आन छाईतान प्रमुख हुनुभएको उक्त प्रतिनिधि मण्डलमा तिब्बती शास्त्रबारे चीनका केही विशेषज्ञ र अवतारी लामाहरु समावेश छन। भ्रमणमा क्रममा उहाँहरुले अमेरिकाको राजनैतिक क्षेत्रका व्यक्ति, विद्बान र सञ्चार माध्यमसित आदान-प्रदान गर्नुभएको छ।

                   चीनको तिब्बत स्वायत्त प्रदेशको सामाजिक वैज्ञानिक प्रतिष्ठान अन्तर्गत धार्मिक अध्ययन केन्द्रका प्रमुख प्राध्यापक छेरिंग क्याबु उक्त प्रतिनिधि मण्डलका सदस्य हुनुहुन्छ। यस पटकको भ्रमणको उद्देश्य चाहिं वास्तविक अंक, चित्र र एक जना तिब्बतीको हैसियतले आफ्नो अनुभवबाट विदेशी मित्रसमक्ष वास्तविक तिब्बतलाई देखाउनु भन्ने रहेको कुरा उहाँले बताउनुभएको छ। केही विदेशी विद्बान र सरकारी अधिकारीसँग आदान-प्रदान गर्दा तिब्बतबारे तिनीहरुको जानकारी ठीक नभएको कुरा आफूले थाहा पाएको भन्दै श्री छेरिंग क्याबुले भन्नुभयोः

                   "तिनीहरुले असत्यको नजरबाट तिब्बतलाई हेरेका र तिब्बबारे जानकारी लिएका छन। तिब्बतको वास्तविक अवस्थाबारे तिनीहरुले थाहा पाएनन।"

    केही विदेशी सञ्चार माध्यमले तिब्बतको संस्कृतिको संरक्षणको आलोचना गरेको कुरा तिब्बतको वास्तविक अवस्थासित अनुकूल छैन भन्दै प्राध्यापक छेरिंग क्याबुले भन्नुभयोः

                    "तिब्बतमा असीदेखि नब्बे प्रतिशतका बासिन्दा किसान र पशुपालक हुन। तिनीहरुले दैनिक रुपमा तिब्बती भाषाबाट कुराकानी गर्दछन। शहरका प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरुले पनि तिब्बती भाषाबारे अध्ययन गर्नुपर्छ। यसका अतिरिक्त धेरै तिब्बती संस्कृतिको संरक्षण संस्था, अध्ययन संस्था र शिक्षण संस्थाले पनि तिब्बती भाषाबाटै कार्य संचालन गर्दछन। त्यसैले तिब्बती भाषा हराएको छैन भने कुराको निकै धेरै प्रमाण रहेको छ।"

                      चीन सरकारले सामान्य किसान र पशुपालकका छोराछोरीलाई हुर्काएर तिनीहरुलाई शिक्षा लिने अवसर उपलव्ध गराएको कुराबारे प्राध्यापक छेरिंग क्याबुले सबैभन्दा ठूलो अनुभव गर्नुभएको छ। उहाँ आफैं तिब्बतको सबैभन्दा कठिन अवस्थामा रहेको आली क्षेत्रका पहाडी क्षेत्रमा हुर्कनुभएको व्यक्ति हुनुहुन्छ। चीन सरकारले सम्पूर्ण जनतालाई शिक्षा लिने समान अवसरको सिर्जना गर्ने नीतिमा उहाँले आजको उपलव्धि हासिल गर्न पाउनुभएको हो। तिब्बती संस्कृतिबारे उहाँ र उहाँका सहकर्मीले प्रकाशित गर्नुभएको ग्रन्थ नै तिब्बती संस्कृतिको राम्ररी संरक्षण गरिएको दृढ प्रमाण हो।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040