china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती संस्कृति तथा वातावरणको संरक्षण सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2008-10-03 17:01:22    

                  प्राध्यापक छेरिंग क्याबुले तिब्बतमा बाह्य संसारको संस्कृतिको प्रवेशलाई तिब्बती संस्कृतिमा पुर्‍याइएको नोक्सानी ठान्नुहुँदैन भन्दै बताउनुभयोः

                  "आफ्नो जातिको संस्कृति तथा बाह्य संसारमा रहेका संस्कृति बीचको मतभेत, परम्परागत संस्कृति र आधुनिक संस्कृति बीचको मतभेद लगायतका सभ्यता वीचको मतभेद नै हाल सारा विश्वमा मौजुद विषय हो। अहिलेत सारा पृथ्वी एउटै गाउँ हो नि। सारा विश्वको यस्तो अवस्थामा तिब्बती संस्कृति र बाह्य संसारको संस्कृति बीच केही मतदेभ हुन सक्छ। तिब्बती संस्कृति मात्रै नभई मानव जातिको सम्पूर्ण संस्कृति यस्तै छ। यसबारे हामीले सकारात्मक दृष्टिकोण पुर्‍याउनुपर्छ।"

                    प्रतिनिधि मण्डल र अमेरिकी विद्बान तथा सरकार बीचको आदान-प्रदानमा भएका महत्वपूर्ण बिषयहरुमध्ये तिब्बतको वातावरण संरक्षण पनि एक हो। छिंगहाई-तिब्बत रेलमार्गको निर्माणबाट तिब्बतको वातावरणमा नोक्सानी पुर्‍याउने बिषयबारे केही चिन्ता जगाइएको छ। तिब्बतमा बसोबास गर्नुहुने श्री छेरिंग क्याबुले तिब्बतको वातावरण संरक्षणबारे आफूले प्रशस्त अनुभव गरेको कुरा भन्दै तिब्बतको वातावरण संरक्षण कार्यमा लगाइएको दोषारोपण निराधार रहेको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

                    "छिंगहाई-तिब्बत रेलमार्गको निर्माणबाट वातावरणमा आघात पुर्‍याउने चिन्ता कोहीले लिएका छन्। तर यो ठीक होइन। छिंगहाई-तिब्बत रेल मार्गको निर्माणका क्रममा वातावरणको संरक्षणमा चीन सरकारले एक अरब पचास करोड चिनियाँ युआनको रकम पठाएको छ। छिंगहाई-तिब्बत रेलमार्ग सञ्चालनमा आएपछि जंगली जनावर हराउने ठहर कोहीले लिएका छन्। तर वास्तवमै हाल तिब्बतमा जंगली जनावरको संख्या झन झन बढी रहेको छ। रेलद्बारा तिब्बत जाने बाटोमा थुप्रै जंगली जनावर देख्न पाइन्छ। यी तथ्यबाट तिब्बतको वातावरणको राम्ररी संरक्षण गरिएको कुरा प्रमाणित भएको छ।"

                     यस पटकको भ्रमणमा प्राध्यापक छेरिंग क्याबुले केही विदेशी मित्रहरुले तिब्बतको इतिहासबारे जानकारी लिएका छैनन् भने तिब्बतको वर्तमान अवस्थालाई पनि आफ्नै आँखाले हेरेका छैनन भन्नुभयो। त्यसैले तिब्बतबारे तिनीहरुको जानकारी प्रत्यक्ष होइन भन्दै उहाँले तिब्बतबारे चासो राख्ने मित्रलाई स्वयँ आफैं तिब्बतलाई हेर्न सुझाव प्रस्तुत गर्नुभएको छ। उहाँले भन्नुभयोः

                   "तिब्बत कुनै पनि मुलुक र जातिका लागि खुला गरिन्छ। कुनै पनि मुलुक वा जातिका मित्र तिब्बत आउन पाउँछन। तिब्बत सामाजिक तथा वैज्ञानिक प्रतिष्ठान र विश्वका धेरै मुलुकका शास्त्र समूह बीच आदान-प्रदान भइरहेको छ। तिनीहरुको निमन्त्रणामा कुनै पनि समयमा हामी त्यसको भ्रमण गर्न सक्छौं। कुनै पनि यात्रुले पर्यटन एजेन्सीमार्फत वा व्यक्तिगत तवरबाट तिब्बत घुम्न आउन पाउँछन्।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040