china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको लिन्च जिल्लाको विशेष कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2008-12-12 18:25:01    

                   लिन्च जिल्लामा कृषि तथा पर्यटनको स्रोत पर्याप्त छ। विगत केही वर्षदेखि यता सो जिल्लाले आफ्नो स्रोतको श्रेष्ठताको प्रयोग गरी वन, औषधि तथा तरकारी खेती आदि विशेष श्रेष्ठतायुक्त कृषि व्यवसायको विकास गर्दैआएको छ। यसका साथै, तिब्बती सुंगुर र तिब्बती कुखुरा-पालन व्यवसाय पनि अविच्छिन्नरुपमा विकसित हुँदैआएको छ। यसबाट विशेष कृषि व्यवसायको परिमाण र विशेष कृषि वस्तुको संख्या ठूलो हुनुका साथै स्थानीय किसानको आम्दानीलाई बढाउने लक्ष्य पनि साकार तुल्याइएको छ। यसबारे जानकारी दिंदै लिन्च जिल्लाको कृषि तथा पशुपालन ब्यूरोका प्रमुख वांग चेले भन्नुभयोः

                   "हामीले आठवटा विशेष व्यवसाय क्षेत्रको बन्दोबस्द गरेका छौं। हामीले पश्चिमी भागमा मुख्यतया तिब्बती सुंगुर र चौंरी गाई आदि विशेष पशुपालन व्यवसायको विकास गर्दैछौं भने मध्य भागमा कृषि औषधिरहित साग-सब्जी र चिनियाँ जडीबुटी तथा उच्च गुणस्तरको फलफूल व्यवसायको विकास गर्दछौं। यसका साथै, हामीले दक्षिण-पूर्वी भागमा उच्च गुणस्तरको खाद्यान्न तथा धान आदि लगाउनेगरेका छौं। यी व्यवसायको विकासबाट सन 2006 मा स्थानीय सर्वसाधारणको औसत वार्षिक आम्दानीमा तीन हजारभन्दा बढीले वृद्धि भएको देखिन्छ।"

                    विशेष कृषि व्यवसायको विकासका लागि अनुकुल हुने उद्देश्यले लिन्च जिल्लाको स्थानीय सरकारले "जनताद्बारा सञ्चालन, जनताद्बारा व्यवस्थापन र जनताद्बारा किफायत प्राप्त" सिद्धान्तमा इलमी अर्थतन्त्रको बन्दोबस्त गर्न तथा स्रोतलाई बाँड्ने कार्य सुव्यवस्थित तवरले गर्न स्थानीय किसान तथा पशुपालकलाई प्रोत्साहित गर्दैआएको छ। यस क्रममा लिन्च जिल्लाका स्थानीय किसान तथा पशुपालकबीच "छोकाउ तिब्बती सुंगुर पालन आर्थिक संगठन", "लिन्च तिब्बती कुखुरा पालन सहयोग समिति" र "च्या तिंग का विशेष तरकारी आर्थिक सहयोग समिति" आदि इलमी आर्थिक सहयोग संगठनको गठन गरिएको छ। यसका अतिरिक्त, लिन्च जिल्लाले विशेष कृषि तथा पशुपालन परियोजनामार्फत कृषि व्यवस्थाका लागि सहायता रकमको प्रयोग गरी विशेष कृषि तथा पशुपालन व्यवसायमा सहायता उपलव्ध गराएको छ। हालसम्म लिन्च जिल्लामा मिलिन तथा छायु आदि दशवटा ठूला कृषि तथा पशुपालन व्यवसाय हुर्काइएका छन। यसबारे जानकारी दिंदै लिन्च जिल्लाको कृषि तथा पशुपालन ब्यूरोका प्रमुख वांग चेले भन्नुभयोः

                  "विगत केही वर्षदेखियता हामीले विशेष कृषि तथा पशुपालन व्यवसायको विकास गर्ने क्रममा हाम्रो जिल्लाले श्रेष्ठतायुक्त क्षेत्र, श्रेष्ठतायुक्त व्यवसाय, श्रेष्ठतायुक्त स्रोत, अग्रसर लगानी र अग्रसर विकासको सिद्धान्तलाई कायमै राखी सर्वसाधारणको आम्दानी र व्यवसायको बनौटको सामञ्जस्यलाई महत्वपूर्ण स्थानमा राखी स्थानीय कृषि तथा पशुपालन क्षेत्र र किसान तथा पशुपालकको आत्म-विकास क्षमतालाई अविच्छिन्नरुपमा बढाउँदैआएका छौं।"

                   हाल लिन्च जिल्लामा तिब्बती सुंगुर र कुखुराको पशुपालन, तिब्बती जडिबुटी खेती तथा प्रशोधन र कृषि औषधिरहित तरकारी तथा फलफूल खेती आदि थुप्रै विज्ञान तथा प्रविधिको प्रयोग स्थानीय किसान तथा पशुपालकको उत्पादनमा भैरहेको छ। यसबाट यहाँको विशेष कृषि तथा पशुपालन व्यवसायको स्तर निरन्तररुपमा बढिरहेको देखिन्छ। सन 2006 मा लिन्च जिल्लाको विशेष कृषि तथा पशुपालन क्षेत्रको विकासबाट लाभान्वित किसान तथा पशुपालक परिवारहरुको संख्या तीन हजार नौ सयभन्दा बढी पुगेको छ भने यसबाट लाभान्वित सर्वसाधारणको संख्या बाईस हजारभन्दा बढी पुगेको छ। विशेष कृषि तथा पशुपालन व्यवसायको विकास भइरहेको परिप्रेक्षमा लिन्च जिल्लामा बसोबास गर्ने विभिन्न जातिका सर्वसाधारणको जीवनमा अझ सुधार हुँदैजाने विश्वास हामीले गरेका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040