china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतद्बारा विशेषतायुक्त कृषि वस्तुको विकास सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-12-19 14:57:34    

                   छिंगहाई-तिब्बत टारभूमिमा पर्ने चीनको तिब्बत स्वायत्त प्रदेशको सरदर उचाइ समुद्र सतहदेखि चार हजार मिटरभन्दा बढी छ। त्यहाँको वातावरणमा अक्सिजन कम भएका कारण उत्पादनको अवस्था निकै नराम्रो छ। विगत केही वर्षदेखि यता चीनको केन्द्रीय सरकारको सहायतामा तिब्बतले आफ्नै विशेषतायुक्त कृषि वस्तुको प्रशोधन र पशुपालन व्यवसायको विकास गरी किसान तथा पशुपालकको आम्दानी बढाउनुका साथै तिनीहरुको जीवन स्तरमा सुधार गर्दैआएको छ।

                  चवालिस वर्षीय जेवांग दक्षिण-पूर्वी तिब्बतको पुच्यांगता जिल्लाको लांग स गाउँका एकजना किसान हुनुहुन्छ। केही व‌र्षअघि स्थानीय सरकारको सहयोगमा उहाँले उच्च गुणस्तरको च्याउको उत्पादनका लागि आफ्नो गाउँमा अनुकुल हुने वातावरणको प्रयोग गरी एउटा च्याउ प्रशोधन कारखानाको स्थापना गर्नुभएको छ। यसबाट उहाँको परिवारका चारजना सदस्यले चार सय वर्गमिटरभन्दा ठूलो आवासमा बस्नपाएका छन र विभिन्न किसिमका इलेक्ट्रोनिक वस्तुको प्रयोग गर्नपाएका छन। आफ्नो परिवारको जीवनमा दिन प्रतिदिन सुधार हुँदैआएको कुरा बताउँदै श्री जेवांगले भन्नुभयोः

                 "पहिले मेरो परिवार निकै गरिब थियो। मेरो मात्र नभई हाम्रो सम्पूर्ण गाउँ गरिब थियो। चीनमा पश्चिमी भागको ठूलो विकास भन्ने रणनीति लागू भएदेखि यता हाम्रो गाउँ वरिपरी राजमार्गको निर्माण गरियो। यस्तो अवस्थामा मैले एउटा च्याउ प्रशोधन कारखानाको स्थापना गरी किसानबाट च्याउ किनेर प्रशोधन तथा बिक्री गर्ने कारोबार सञ्चालन गरेको छु। हाल मेरो परिवारको आम्दानी दिन प्रतिदिन बढिरहेको छ।"

                   श्री जेवांग जस्तै स्थानीय स्रोतको श्रेष्ठताको प्रयोग गरी आफ्नो जीवनमा सुधार गरेका तिब्बती किसान तथा पशुपालकहरुको संख्या निकै धेरै छ। उहाँ बस्नुभएको लांग स गाउँका सर्वसाधारणले च्याउ आदि आफ्नो बसोबास स्थानको विशेषतायुक्त वस्तु टिपेर प्रशोधन गरेबाट तिनीहरुको औसत वार्षिक आम्दानी ठूलो परिमाणमा बढेको देखिन्छ। गत वर्षको मे महिनामा लांग स गाउँमा विजुली, पानी र राजमार्गको सुविधा पुग्नुका साथै रेडियो र टेलिभिजन सेवा पनि हरेक बासिन्दासम्म पुर्‍याइएको छ। यसबाट स्थानीय किसान तथा पशुपालकको उत्पादन र जीवनको अवस्थामा सुधार हुँदैआएको छ।

                  विगत केही वर्षदेखि यता तिब्बतले कृषि वस्तुको प्रशोधन, तरकारी खेती र दूधजन्य वस्तुको प्रशोधनको विकासका माध्यमबाट स्थानीय किसान तथा पशुपालकलाई धनी बनाएको छ। तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन ब्यूरोबाट प्राप्त तथ्यांकअनुसार, सन 2004 देखि 2006 सम्म तिब्बतका विभिन्न स्थानमा सञ्चालित विशेषतायुक्त कृषि तथा पशुपालन परियोजनाहरुको संख्या एक सयभन्दा बढी चिनियाँ युआन पुगेको छ। हालसम्म विशेषतायुक्त कृषि तथा पशुपालन व्यवसायमा सहभागी स्थानीय किसान र पशुपालकहरुको संख्या त्रिचालिस हजारभन्दा बढी पुगेको छ।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040