china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी थांका सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-01-02 15:40:39    

                 चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको उत्तरी बजारमा तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी थांका प्रदर्शित संग्रहालय सन 2007 को अक्टोबर महिनामा खुला गरिएको हो। त्यसमा हजारौं वर्षको लामो इतिहास बोकेको तिब्बती चिकित्सा तथा औषधिबारेमा लेखिएका चौरासीवटा सुन्दर थांका प्रदर्शित गरिएको छ।

                 तिब्बती भाषामा थांका भनेको पूजा-आजाका लागि रंगीचंगी कपडामा लेखेर झुण्ड्याइने धार्मिक चित्र हो। थांकाको लम्बाइ लगभग एक मिटर हुन्छ भने तिनको चौराइ सामान्यतया 0.8 मिटर हुन्छ। एक हजार चार सय वर्षभन्दा अघि सुंचान्कांपुको शासनकालदेखि तिब्बती जातिको इतिहास, संस्कृति र रितीरिवाज आदि विषय प्रतिबिम्बित गर्ने थांका क्रमशः प्रचलनमा आएको हो।

                ल्हासाको थांका संग्रहालयमा प्रदर्शित तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी थांका प्राचीन तिब्बती चिकित्सा तथा औषधिबारेका चारवटा महाग्रन्थबमोजिम रचिएका असीवटा रंगीचंगी चित्र छन। यी असीवटा थांका पाँच हजारभन्दा बढी साना चित्रबाट बनाइएका हुन। यी थांका प्राचीन कालमा तिब्बती चिकित्साको शिक्षणका लागि सबैभन्दा जैविक साधन थिए यसबार जानकारी दिंदै तिब्बती चिकित्सासम्बन्धी तिब्बती विशेषज्ञ द्रातुलले भन्नुभयोः

                "यी असीवटा थांका र प्राचीन तिब्बतका चारवटा चिकित्सा महाग्रन्थ घनिष्ठरुपमा जोडिएका छन। यी थांका ती चारवटा महाग्रन्थका विषयमा रचिएका हुन। ती चारवटा चिकित्सा महाग्रन्थ अक्षरमा लेखिएका छन भने यी थांकामा चित्र पनि छ। चिकित्सा शिक्षाबारे सबैभन्दा पुरानो चित्र यी असीवटा थांका रहने ठहर चीनभित्र र बाहिरका सम्बन्धित विशेषज्ञले गरेका छन। यी थांका हालसम्म पनि सुरक्षित रहेका छन। यसबाट यो कार्य कति महान छ भन्ने कुराको अनुमान गर्नसकिन्छ।"

                 तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी ती चारवटा महाग्रन्थ इस्वी सम्वतको आठौं शताव्दीमा लेखिएका थिए। तिनका रचनाकार तिब्बती चिकित्सा तथा औषधिका पिता मानिएका युथोक थोन्टेन गोन्पो हुनुहुन्छ। उहाँले तिब्बती चिकित्सासम्बन्धी अनुभवको निचोड निकालेका आधारमा प्राचीन चिनियाँ, प्राचीन अरबेली र प्राचीन भारतीय चिकित्साको उत्तम उपव्धिबाट सिकेर ती महाग्रन्थ रच्नुभएको थियो।

                इस्वी सम्वत बाह्रौं शताव्दीदेखि सत्रौं शताव्दीसम्म पुस्तौं-पुस्ताका प्रसिद्ध तिब्बती चिकित्सकहरुले ती चारवटा महाग्रन्थका आधारमा यी असीवटा थांका क्रमशः रच्नुभएको हो। तिब्बती चिकित्सा शिक्षणका लागि यी थांका जैविक पाठ्य-पुस्तक बनेका छन। चीनको तिब्बत, छिंगहाई, कान सु र युन नान आदि क्षेत्रमा तिब्बती जातिको मुख्य बसोबास रहेको स्थानमा यी थांकाको नाउँ चारैतिर फैलिएको छ।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040