china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छिंगहाई प्रान्तमा बसोबास गर्ने तिब्बती पशुपालकको नयाँ जीवन सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-01-30 17:33:48    

                 टारभूमिको पहाडबाट तल झर्ने पशुपालकका लागि आफ्नो बसोबास स्थलमा परिवर्तन भनेको आफ्नो जीवनको वातावरण तथा तरिकामा पूर्ण परिवर्तन हो। यस्तो ठूलो परिवर्तनमा तिनीहरुले विभिन्न किसिमको कठिनाइको सामना गर्नुपरेको छ। पहिले ती पशुपालकहरु पशुपालन क्षेत्रबारे मात्र सिपालु थिए। हालको नयाँ जीवन तिनीहरुका लागि निकै अनौठो देखिन्छ। शुरुमा केही पशुपालकहरुलाई आफ्नो घरमा भएको कोइला चुल्होको प्रयोग गर्न पनि आउँदैनथ्यो।

                  चीन सरकार तथा विभिन्न सामाजिक क्षेत्रले छिंगहाईमा बसोबास गर्ने पशुपालकलाई ठूलो सघाउ पुर्‍याएका छन। सर्वप्रथम, चीन सरकारले पैंतीस हेक्टर जमिनमा एक सय अट्ठाईसवटा आवास निर्माण गरेको छ जसबाट त्यहाँ सरेका हरेक परिवारले साठी वर्गमिटरभन्दा ठूलो घरमा बस्नपाएको छ। यसका अतिरिक्त, स्थानीय सरकारले पशुपालकका लागस विद्यालय तथा अस्पतालको निर्माण गरी हरेक पशुपालकलाई आर्थिक अनुदान दिनेगरेको छ। तिब्बती पशुपालकहरुलाई विभिन्न क्षेत्रबाट वाह्य संसारसित सम्पर्क राखी आफ्नो शक्तिको प्रयोग गरी नयाँ जीवनको सिर्जना गर्न मद्दत गर्ने उद्देश्यले स्थानीय सरकारले कृषि क्षमता आदि क्षेत्रको तालिमको पनि आयोजना गर्नेगरेको छ। श्री नीमाले गाडी चालकको तालिम लिनुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "गत वर्ष मैले गाडी चलाउन सिकेको हुँ। अब मैले एउटा गाडी किनेर कर्मु र थोथोहबीच सेवा सञ्चालन गरिरहेको छु। यसका साथै, मेरो घरमा एउटा सानो रेस्ट्रुराँ पनि खोलिएको छ। यसबाट हरेक वर्ष मैले तीस हजारभन्दा बढी आम्दानी गर्नेगरेको छु।"

                 तिब्बती जाति नाचगानमा सिपालु हुन्छ। विगत लामो समयदेखि यता तिब्बती जातिको विशेषतायुक्त नाचगान तथा पोशाक-संस्कृति दिन प्रतिदिन विविध हुँदैआएको छ। यो श्रेष्ठताको प्रयोग गरी पहाडबाट नयाँ पर्यावरणीय गाउँमा सरेका धेरै पशुपालकहरुले आफ्नो घरमा रेस्ट्रुराँ खोलेका छन। यसमा बाहिरबाट आउने पर्यटकलाई तिब्बती विशेषतायुक्त खाने कुरा, नाचगान तथा परम्परागत पोशाक प्रदर्शन आदि सेवा उपलव्ध गराइएको छ। पर्यटन व्यवसायको विकासका कारण ती पशुपालकको आम्दानी दिन प्रतिदिन बढ्दैआएको छ।

                 श्री नीमाका बुबा सुम्चुब तीन वर्षअघि श्री नीमासँगै नयाँ पर्यावरणीय गाउँमा सर्नुभएको हो। टारभूमिको घाँसे मैदानमा पचास वर्षभन्दा लामो समयसम्म बसोबास गर्नुभएको उहाँ वर्तमान जीवनप्रति सन्तुष्ट हुनुका साथै यसप्रति आशावादी पनि हुनुहुन्छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "पहिले पशुपालन क्षेत्रमा बस्दा म पशु-पालनका माध्यमबाटै दैनिक जीवनका लागि आवश्यक व्यवस्था गर्नेगर्थेँ। यहाँ सरेपछि विजुली तथा पानीको सुविधा र आवासको अवस्थामा ठूलो सुधार हुँदैआएको छ। र, विशेषगरी, उपचारका क्षेत्रमा हामीले ठूलो सुविधा पाएका छौं। पहिले अस्पताल पुग्नका लागि हामीले सत्तरीदेखि असी किलोमिटरसम्म हिंड्नुपर्थ्यो। अब हाम्रो गाउँभित्र चिकित्सा केन्द्र छ। यो हाम्रा लागि ज्यादै सुविधाजनक कुरा हो। मैले पढ्न पाएको छैन, मेरो छोरो नीमाले पनि। तर अब मेरा नातीले शिक्षा हासिल गर्ने अवसर पाएका छन। तिनीहरु विद्यालय जान इच्छुक छन। तिनीहरुले वि‍श्वविद्यायलसम्मको शिक्षा हासिल गर्नपाए भने कति राम्रो होला।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040