china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती किसान बेन बहाको नयाँ जीवन सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-02-20 17:39:44    

                   श्री बेन बहाका भाइले ती तालिमबाट केही शीप सिकेर हाल तिब्बत बाहिर जागिर खाइरहनुभएको छ।

                  यस वर्ष श्री बेन बहाको गाउँका बासिन्दाले नयाँ घरमा नयाँ वर्ष मनाउनपाएका छन। नयाँ घरमा सरेका ती किसान तथा पशुपालकहरुले सरकारबाट केही अनुदान पनि पाएका छन। यसबाट तिनीहरुले अतिरिक्त पैसाको प्रयोग गरी नयाँ वर्ष मनाउने थुप्रै सामान किनेर पहिलेभन्दा अझ खुशीयालीपूर्वक मनोरञ्जन गर्न पनि पाएका छन। यसबारे चर्चा गर्दै श्री बेन बहाले भन्नुभयोः

                 "पहिले हाम्रो जीवन स्तर न्यून भएका बेला हामीले नयाँ वर्ष मनाउँदा पनि आरु र मुला आदि सागसब्जी खान सकिन्थ्यौं। हामीसँग फ्रिज नभएकाले बढी खाने कुराको सञ्चय गर्न पनि हामी सक्दैनथ्यौं। अब यस्तो अवस्थामा परिवर्तन भएको छ। हामीले थप सागसब्जी किनेर फ्रिजमा राखेर नयाँ घरमा नयाँ वर्ष मनाएका छौं‌। पहिले हाम्रो गाउँमा एउटा मात्र टेलिभिजन थियो। तर अहिले हरेक परिवारको आ-आफ्नै टेलिभिजन छ। यसबाट चीनभित्र र बाहिरका थुप्रै समाचार र कार्यक्रम हेर्न पाइन्छ। यसबाट हाम्रो सांस्कृतिक जीवन पनि विविध भएको छ।"

                 श्री बेन बहाका बुबा पुर्पु टेरिंगले तिब्बती किसान तथा पशुपालकहरुको जीवनमा भएको परिवर्तनको ठूलो अनुभव गर्नुभएको छ। विगत केही वर्षदेखि यता आफ्नो घरमा भएको परिवर्तनबारे चर्चा गर्दै उहाँले खुशीसाथ भन्नुभयोः

               "पहिले हाम्रो घरका सम्पूर्ण सदस्य बीस वर्गमिटरभन्दा पनि सानो घरमा बस्थे। त्यसपछि हामी एउटा अलि ठूलो घरमा सर्‍यौं। तर त्यसमा त्यति धेरै सुविधा थिएन। हाम्रा छोरा-छोरी बढी भएकाले तिनताकाको जीवन पनि अप्ठ्यारो थियो। चिनियाँ कम्युनिष्ट पार्टीको राम्रो नीतिमा अब हामीले नयाँ घरमा सर्नपाएका छौं। यस वर्ष म सत्सट्ठी वर्षको भएँ। मेरव वृद्ध जीवन यस्तो राम्रो घरमा बिताउनपाउनु मेरा लागि कति खुशीको कुरा हो। यस्तो ठूलो घरमा बस्न म अलि अभ्यस्त छैन।"

                 दाम ड्रेन वांगतुई श्री बेन बहाको कान्छो छोरो हो। यस वर्ष उ दश वर्षको भयो। आफ्नो जीवनको वातावरणमा दिन प्रतिदिन सुधार हुँदैआएको परिप्रेक्षमा नयाँ फर्निचर र टेलिभिजन किनिएपछि सबैभन्दा खुशी भएको उ नै हो। यसबारे चर्चा गर्दै उसले भन्योः

              "मेरो नयाँ घरमा दुइवटा टेलिभिजन छन। यसका साथै, धेरै नयाँ फर्निचर पनि छ। मलाई एकदम खुशी लागेको छ।"

                 चीन सरकाले तिब्बत स्वायत्त प्रदेशमा कार्यान्वयन गरेको किसान तथा पशुपालकहरुको आवास परियोजनामा श्री बेन बहाको घर एउटा सानो नमूना मात्र हो। चीन सरकारको समर्थनमा आगामी तीन वर्षमा तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारले हरेक वर्ष दश करोड चिनियाँ युआनभन्दा बढी रकम छुट्ट्याएर किसान तथा पशुपालकहरुको आवासको निर्माणलाई अरु तिव्र पार्ने योजना छ। यसबाट तिब्बत स्वायत्त प्रदेशका असीभन्दा बढी किसान तथा पशुपालकहरुले सुरक्षित तथा आनन्ददायी नयाँ घरमा सर्नपाउनेभएका छन।

                यसका अतिरिक्त, तिब्ब्तको अन्य केही सहायता रकम र परियोजनाको कार्यान्वयन शुरु हुने हाराहारीमा सन 2010 सम्ममा थप तीस हजार तिब्बती किसान र पशुपालकहरुले नयाँ घरमा सर्नपाउनेभएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040