china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पोताला दरबारको फेदीमा पर्ने स्वे छंग ‌को प्राचीन बास्तु सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-03-06 18:24:08    

                  सन 2007 मा खुला भएपछि स्वे छंगको प्राचीन बास्तुले चीनभित्र र बाहिरबाट प्रशस्त पर्यटक भित्र्याएको छ। हरेक दिन पोताला दरबारको स्वे छंगको ढोका अगाडि टिकट किन्ने मानिसहरुको लामो पंक्ति देखिन्छ। यसबारे चर्चा गर्दै टिकट कार्यालयमा कार्यरत कर्मचारी टेरिंगले खुशी हुँदै भन्नुभयोः

                "हरेक दिन यहाँ अवलोकन गर्न आउने पर्यटकहरुको संख्या सयौं पुग्नेगरेको छ। यसमा केही प्राथमिक, माध्यमिक र विश्व विद्यालयका विद्यार्थीहरु पनि हुनुका साथै तिब्बत स्वायत्त प्रदेशभित्र र बाहिरबाट घुम्नआउने पर्यटकहरु समावेश छन।"

                  हाल स्वे छंगको प्राचीन बास्तु ल्हासाको एउटा नयाँ दृश्यथलो हुनुका साथै तिब्बतको इतिहास र संस्कृतिबारे जानकारी लिने नयाँ झ्याल पनि बनेको छ। यहाँको प्रदर्शनी गृहमा पर्यटक स्वयम् आफैले थांकालगायत तिब्बतको परम्परागत जातीय कला र जौं रक्सी बनाउन पाउँछन। यसरी तिनीहरुले तिब्बतको ऐतिहासिक संस्कृतिबारे अझ गहनरुपमा जानकारी लिनपाएका छन।

                  घुम्दाघुम्दै थाकेका पर्यटकले छ्यांग छांग नामक सानो रेस्ट्रुराँमा आराम गर्नसक्छन। सन सत्रौं शताव्दीको उत्तरार्द्धमा पोताला दरबारको पुनर्निर्माण गरिएको थियो। हाल यहाँ जौं रक्सी बनाउने पूरै क्रम देख्नपाइन्छ। पर्यटकले स्थानीय प्रसिद्ध खाना खाँदा-खाँदै बाजा अभिनयको पनि अवलोकन गर्नपाउँछन। पैचिङ्गबाट घुम्न आएकी श्रीमती वांग लीले स्वे छंगको अवलोकनबाट आफूले गत दशौं वर्षदेखि तिब्बतमा भएको परिवर्तन र विकासबारे अझ बढी जानकारी लिएको कुरा बताउँदै भन्नुभयोः

                "स्वे छंगको अवलोकनपछि पोताला दरबारबारे मेरो जानकारी अझ बढेको छ। यसबाट पोताला दरबारबारे मैले एउटा सर्वतोमुखी तथा वास्तविक जानकारी लिनपाएकी छु।"

                 प्राप्त जानकारीअनुसार, स्वे छंगमा "तिब्बतको समष्टिगत अवस्था", "तिब्बतको स्थानीय मुद्राको विशेष प्रदर्शनी", "तिब्बतको बास्तुसम्बन्धी विशेष प्रदर्शनी", "पोताला दरबारको संरक्षणबारे विशेष प्रदर्शनी", "तिब्बतको लिपी कला प्रदर्शनी" र "तिब्बती भाषाको लिपी कलामा उपयोगी वस्तुको प्रदर्शनी" आदि छवटा प्रदर्शनीको आयोजना गरिन्छ। यसबाट पर्यटक स्वयम् आफैले तिब्बतको परम्परागत जातीय संस्कृतिको विशेष आकृतिबारे अनुभव गर्नुका साथै तिब्बतमा भएको विकास तथा परिवर्तनबारे पनि जानकारी लिनपाउँछन। यसका अतिरिक्त, सो प्रदर्शनीबाट पुरानो र नयाँ तिब्बतमा सर्वसाधारणको भिन्न जीवनबारे जानकारी लिनसकिन्छ भने तिब्बती जाति र हान जातिबीचको सांस्कृतिक आदान-प्रदानबारे पनि।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040