china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको चिकित्सा तथा स्वास्थ्यको विकासका लागि प्रयासरत साचन सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-03-20 19:36:28    

                 श्रीमती साचनले ल्हासाको दोस्रो जन-अदालतमा काम गर्नुभएको झण्डै तीस वर्ष भइसकेको छ। विगत केही वर्षदेखि यता तिब्बतमा चिकित्सा तथा स्वास्थ्य अवस्थाको सुधारबारे उहाँले ठूलो अनुभव गर्नुभएको छ। उहाँका अनुसार, हाल तिब्बतको जनसंख्याको औसत आयु सत्सट्ठी वर्ष पुगेको छ। यो अङ्क बीसौं शताव्दीको पचासको दशकको तुलनामा एकतीस वर्षले बढी हो। चीन सरकारले दिएको ठूलो महत्व तथा समर्थनबाट तिब्बतको चिकित्सा तथा स्वास्थ्य कार्यमा यस्तो ठूलो सुधार भएको ठहर श्रीमती साचनको छ। तिब्बतको चिकित्सा तथा स्वास्थ्य कार्यको अझ विकासबारे सुझाव प्रस्तुत गर्दै उहाँले भन्नुभयोः

                  "हाल तिब्बतमा औषधिको अभाव छैन तर डाक्टरको अभाव छ। विशेष गरी पशुपालन क्षेत्रमा डाक्टर र नर्सको निकै ठूलो अभाव छ। यसका साथै, विश्वविद्यालयबाट स्नातक हुने विद्यार्थीले पशुपालन क्षेत्रमा काम गर्नुअघि ठूलो अस्पतालमा अभ्यास गर्नु आवश्यकता छ।"

                   यसका अतिरिक्त, तिब्बत र चीनका अन्य प्रान्तका अस्पतालबीच आदान-प्रदान परियोजनाको कार्यान्वयन गर्ने श्रीमती साचनको सुझाव छ। विगत केही वर्षदेखि यता उहाँको प्रयासमा ल्हासाको दोस्रो जन-अस्पताल र पैचिङ्ग अस्पताल तथा चीन-जापान मैत्री अस्पतालबीच सम्पर्क राखिएको छ। हरेक वर्ष ल्हासाको दोस्रो जन-अस्पतालले केही युवा डाक्टरलाई पैचिङ्गमा पर्ने ती दुइवटा अस्पतालमा तालिमका लागि पठाउनेगरेको छ। यसबारे जानकारी दिंदै श्रीमती साचनले भन्नुभयोः

                 "गत वर्ष हामीले दुइजना युवा डाक्टरलाई ती दुइवटा अस्पतालमा पठाएका थियौं। नयाँ तथा उच्च प्रविधिको अनुसन्धान तथा प्रयोग क्षेत्रमा बढी दक्ष व्यक्ति तयार पार्ने हाम्रो योजना छ।"

                  चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको वार्षिक अधिवेशनका अवधिमा श्रीमती साचनले पैचिङ्ग ओलम्पिक खेलकुदमा प्रयोग हुने रंगशालाको अवलोकन गर्नुभएको थियो।

                  पहिले उहाँले टेलिभिजनबाट ती रंगशाला देख्नुभएको थियो। अब आफ्नै हातले प्रत्यक्षरुपमा ती रंगशालालाई स्पर्श गर्नपाएर उहाँलाई अत्यन्तै खुशी लागेको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "ती रंगशालाको निर्माणबाट सारा विश्व समक्ष चिनियाँ प्रविधि र जनताको बुद्धिको प्रदर्शन गरिएको छ। पहिले मैले टेलिभिजनमा केही रंगशालाहरु विशेष सामग्रीबाट बनाइएको भन्ने कुरा सुनेकी थिएँ। आज मैले ती रंगशालालाई छोएँ। त्यो सामग्री छुँदा सिसा जस्तो लाग्यो मलाई।"

                 श्रीमती साचनको छोरो बीस वर्षको भयो। ओलम्पिक खेलकुदका अवधिमा फुटबल प्रतियोगिता हेर्न पैचिङ्ग आउने उसको ठूलो इच्छा छ। श्रीमती साचनले चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको यस पटकको वार्षिक अधिवेशनका अवधिमा आफ्नो छोराका लागि ओलम्पिक खेलकुदसम्बन्धी केही स्मारक वस्तु किन्नुभएको छ।

                  आफ्नो छोरालाई टेलिफोन गर्दा श्रीमती साचनले ओलम्पिक खेलकुदका अवधिमा प्रयोग हुने रंगशालाको अवलोकन गर्दा आफूले देख्नुभएको कुराबारे खुशी हुँदै जानकारी दिनुभएको छ।

                   बेलुका सात बजेतिर श्रीमती साचनले टेलिभिजन खोलेर तिब्बत स्वायत्त प्रदेशको टेलिभिजन स्टेशनद्बारा प्रसारित समाचार कार्यक्रम हेर्नुभएको छ। विगत केही वर्षदेखि यता यसो गर्नु उहाँको एउटा बानी बनिसकेको छ। आजको कार्यक्रममा ओलम्पिक खेलकुदका अवधिमा प्रयोग हुने रंगशालाको अवलोकन गर्नुभएको समाचार प्रसार भैरहेको छ।

                  चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको दश दिनभन्दा बढी लामो समयसम्म चलेको वार्षिक सम्मेलनको अवधिमा श्रीमती साचनले प्रशस्त अनुभव प्राप्त गर्नुभएको छ। चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका सदस्यका दायित्वलाई कसरी वहन गर्ने भन्ने विषयबारे उहाँले धेरै ज्ञान हासिल गर्नुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका सदस्यका रुपमा मलाई निर्वाचित गरिएकोमा म ज्यादै गौरवान्वित छ। चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका जम्मा दुइ हजारभन्दा बढी प्रतिनिधिले सम्पूर्ण जनताको प्रतिनिधित्व गरी देशको भावी विकासबारे निर्णय गरेका छन। आगामी दिनहरुमा आधारभूत तहमा गएर त्यहाँका चिकित्सकको कार्य र सरकारसमक्ष तिनीहरुले प्रस्तुत गर्नखोज्ने मतबारे जानकारी लिने मेरो योजना छ। आधारभूत तहका चिकित्सकका लागि राम्ररी सेवा गरी चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका सदस्यको दायित्वलाई राम्ररी वहन गर्नेछु।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040