china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको इतिहास सम्बन्धी जानकारीको तेस्रो भाग
    (GMT+08:00) 2009-04-10 18:24:07    

                 यसबारे चर्चा गर्दै चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रका तिब्बती शास्त्री चौ युआनले भन्नुभयोः

                "धर्म र शासनलाई जोडिएको सामन्तवादी भूदास व्यवस्था वास्तवमा उच्च स्तरीय भिक्षु र तानाशाहीले व्यापक दास-दासीलाई संयुक्तरुपमा शासन गर्ने व्यवस्था हो। तिनीहरुले तिब्बतमा उत्पादन सामग्री र दास-दासीलाई आफ्नो हातमा लिएर दास-दासीलाई आर्थिक क्षेत्रभन्दा पनि ठूलो परिधिमा शोषण गर्दथे। यसबाट सामन्तवादी भूदास उत्पादन सम्बन्धको आधार सम्पन्न भयो।"

                 पुरानो तिब्बतमा तानाशाही जगतले दास-दासीलाई निकै क्रुरताका साथ सजाय दिने गरेको थियो। तिनताकाको स्थानीय सरकारले अदालत र झ्यालखाना खडा गरेको थियो भने केही गुम्बाका उच्च स्तरीय भिक्षु र रजौटाले आफ्नै झ्यालखाना पनि खडा गर्नसक्थे। तिनीहरुले सधैं नै दास-दासीको हात काटेर वा आँखा झिकेर सजाय दिनेगरेका थिए। दास-दासीको जीवन कति दुःखी थियो।

                  सन 1959 मा तिब्बतको शान्तिपूर्ण मुक्तिपछि तिब्बतका व्यापक श्रमिक जनता र उच्च तहका देशप्रेमी व्यक्तिहरुको अनुरोधमा तिब्बतमा सयौं वर्षसम्म चलेको सामन्तवादी भूदास व्यवस्थाको अन्त्य भयो। तिब्बतले प्रजातान्त्रिक सुधार गरी जातीय स्वायत्त प्रदेशको स्थानीय सरकारको स्थापना गरेको थियो। यसबाट लाखौं लाख दास-दासीले आफ्नो भाग्यको व्यवस्थापन गर्नपाउने मालिक बन्नपाएका थिए। यसबारे चर्चा गर्दै चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रका उप-महानिर्देशक गेलेकले भन्नुभयोः

                 "सन 1959 मा गरिएको प्रजातान्त्रिक सुधार नै तिब्बतको आधुनिक कालको शुभारम्भ भएको कुरा हामीले निश्चित गरेका छौं। यसका तीनवटा कारण छन। पहिलो कारण, राजनैतिक क्षेत्रको हो। उदाहरणका लागि, पहिले जमिनमा काम गर्न नियन्त्रित गरिएका स्वतन्त्रतारहित दास-दासीले निर्वाचनमा भाग लिनपाएका थिए। दोस्रो कुरा भनेको, अधिकांश दास-दासीले पहिलेको पुरानो तिब्बत एउटा निश्पक्ष समाज भएको कुराबारे स्पष्टताका साथ थाहा पाएका थिए र तेस्रो कुरा अर्थात सबैभन्दा केन्द्रित कारण भनेको जमिनको व्यवस्थापन हो। तिब्बतको प्रजातान्त्रिक सुधारबाट पहिलो पटक तिब्बतको जमिनलाई केन्द्रित पारेर सम्पूर्ण गरिब तथा दास-दासीलाई बाँडिएको थियो। यसरी ती गरिब र दास-दासीले आफ्नो जमिन कमाएर खान पाएका हुन।"

                 सन 1965 मा तिब्बत स्वायत्त प्रदेशको स्थापना भएदेखि यता तिब्बती जनताले संविधान र कानूनबाट उपलव्ध गराइने निर्वाचनमा भाग लिने तथा निर्वाचित गराइने अधिकारको उपभोग गर्न पाएका छन। तिब्बती जाति र अन्य केही अल्पसंख्यक जातिका प्रमुख तिब्बत स्वायत्त प्रदेशमा विभिन्न तहका प्रमुख पङ्कतिको मुख्य खम्बा बनेका छन। प्राप्त तथ्यांकअनुसार, सन 2006 सम्ममा तिब्बत स्वायत्त प्रदेशमा तिब्बती जाति र अन्य अल्पसंख्यक जातिका प्रमुखहरुको संख्या साठी हजारभन्दा बढी पुगेको छ जुन तिब्बत स्वायत्त प्रदेशका विभिन्न तहका सरकारी विभागका प्रमुखहरुको कूल संख्याको झण्डै सत्तरी प्रशिशत हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040