china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती पशुपालक दान्जिन कोको नयाँ जीवन सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-04-17 17:13:44    

                 चीनको पश्चिमी भागमा पर्ने छिंहाई प्रान्तमा एउटा सुन्दर तलाउ छ। त्यसको नाम छिंगहाई हु हो। त्यस तालका वरिपरी पशुपालन गर्ने तिब्बती पशुपालकहरु बस्दछन। छिंगहाई हु तालको पर्यावरणीय वातावरणको संरक्षण गर्ने उद्देश्यले स्थानीय सरकारले पशुपालन छोडेर तलाउको संरक्षण गर्ने नीतिको कार्यान्वयन गरिरहेको छ। यसबाट त्यहाँ बसोबास गर्ने तिब्बती पशुपालकको जीवनको तरिकामा केही परिवर्तन आएको देखिन्छ।

                  छिंगहाई हु तालदेखि तीस किलोमिटर उत्तर-पूर्वी क्षेत्रमा पर्ने हाईयान जिल्ला तिब्बती जातिको एउटा मुख्य बसोबास क्षेत्र हो। तिब्बती पशुपालक दान्जिन कोको घर पहाडको काखमा पर्दछ। उहाँको घर तिब्बती शैलीको देखिन्छ। घरको अगाडि एउटा फराकिलो तथा सोझो राजमार्ग छ। तीस वर्षका दान्जिन को बलियो हुनुहुन्छ। पुस्तौं पुस्तादेखि पाशुपालनका माध्यमबाट जीवनयापन गर्दैआएकोमा अब यो पेशा छोडेपछि भएको अनुभवबारे चर्चा गर्दै श्री दान्जिन कोले मुसुमुसु हाँस्दै भन्नुभयोः

               "हामीले हाम्रा गाई-गोरु, बाख्रा-पाठा सबै बेचौं। पशुपालन छोडेर अब हामी छिंगहाई हुको पर्यावरणीय तथा प्राकृतिक वातावरणको संरक्षणमा लागेका छौं। गाई-गोरु बेच्नुपर्दा मलाई दुःख लागेको थियो। सानैदेखि पालेर ठूला बनाएका ती बाख्रा बेच्नुपरेपछि, गाई-गोरु बेच्नुपरेपछि मलाई तिनीहरुको कति याद आएको थियो। तीनलाई बेचेको आधा वर्ष बितेपछि मात्र मेरो मन केही शान्त भयो। हालसम्म पनि ती गाई-गोरु, बाख्रा-पाठा कहिलेकाहीं मेरो सपनामा आउँछन।"

                  छिंगहाई हु तालमा जैविक विविधता छ। छिंगहाई-तिब्बत टारभूमिको उत्तर-पूर्वी क्षेत्रको पर्यावरणीय वातावरणको संरक्षणका लागि तीनको महत्वपूर्ण भूमिका छ। पश्चिमी भागमा देखापरेको मरुभूमिकरणको प्रक्रियालाई पूर्वतिर फैलिनबाट रोक्नका लागि त्यो एउटा प्राकृतिक बाधा पनि हो। सन 1992 मा छिंगहाई हुलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय शिमसार क्षेत्रहरुको सूचीमा समावेश गरिएको छ। तर दश वर्षभन्दा बढी समयदेखि यता सारा विश्वको मौसम न्यानो हुँदैआएको अवस्थामा छिंगहाई हु वरिपरिको घाँसे मैदान नष्ट हुँदैजाने परिस्थिति गम्भीर देखिन्छ र तालको पानी पनि क्रमशः घट्दैगएको छ। प्राप्त तथ्यांकअनुसार, छिंगहाई हुमा पानीको सतह हरेक वर्ष 12.1 सेन्टिमिटर को गतिले घटेको छ। त्यसमध्ये सन 2000 मा एकै वर्ष एक्काईस सेन्टिमिटर घटेको थियो। यस्तो अवस्थाले चीनमा मात्र नभई सारा विश्वको मौसममा परिवर्तन ल्याइएको छ। छिंगहाई हुको पर्यावरणीय सन्तुलनको संरक्षण गर्ने उद्देश्यले सन 2001 देखि छिंगहाई प्रान्तको स्थानीय सरकारले मानवीय गतिविधिको कमीबाट तालको पर्यावरणीय संरक्षणमा प्रगति भन्ने रणनीतिको कार्यान्वयन गरी खेतीपाती तथा पशुपालनलाई त्यागेर घाँसे मैदान र वन-जंगलको संरक्षणमा लागेको छ।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040