हालै पैचिंङ नगरपालिकाले चालू वर्षका पछिल्ला तीन महिनामा पहिलेको आधारमा फेरि छ अर्ब चिनियाँ युआन थप लगानी गर्ने निर्णय गरेको छ । उक्त रकममध्ये भूमिगत रेलको निर्माणका लागि एक तिहाइ रकम उपयोग हुनेछ ।
पैचिंङ शहरको समष्टिगत योजनामा प्रत्येक दुई वर्षमा एक सय किलोमिटरको भूमिगत रेल मार्गको निर्माण हुनेछ र प्रति वर्ष एक भूमिगत रेल मार्गको सेवा प्राप्त हुनेछ । जसले दुई हजार दशसम्म भूमिगत रेलमार्गको सन्चालन हुने दूरी तीन सय किलोमिटर पुग्नेछ ।
भूमिगत रेलमार्गको निर्माणबाहेक पैचिंङ नगरपालिकाले ऊर्जास्रोतको आपूर्ति बढाउन प्रत्याभूत पार्ने अनेकन् महत्वपूर्ण परियोजनाको सुरुवात गर्नेछ । यसका अतिरिक्त पैचिंङले सार्वजनिक स्वास्थ्य , सांस्कृतिक संरचना र सामाजिक हितकल्याणसम्बन्धी प्रबन्धको निर्माणलाई अघि बढाउनेछ ।
आगामी दुई वर्षमा पैचिंङले झण्डै एक खर्ब बीस अर्ब चिनियाँ युआन्देखि एक खर्ब पचास अर्ब सम्मको लगानी लगाउनेछ ।
|