• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2004-03-23 10:51:23    
पहिलो पाठ-१

cri

: यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो । प्रिय श्रोताहरु , चिनियाँ भाषा शिक्षण कार्यक्रममा हाम्रो नमस्कार ।

: चिनियाँ भाषा शिक्षणको आजको कार्यक्रम पहिलो कार्यक्रम हो । कार्यक्रममा हामी तपाईंलाई हार्दिक स्वागत गर्दछौं ।

: सबैभन्दा पहिले विदेशी भाषा सिक्ने बारेमा केही महत्वपूर्ण कुराहरु बताउने छौं । जसमा प्रत्येक दिन अभ्यास गर्नुपर्छ । मौका पाउनासाथ सक्रियतापूर्वक ध्यान दिंदै सुन्ने र बोल्ने गर्नुपर्छ । तपाईंहरुले सुनेर नै चिनियाँहरुको भाषा अनुसरणव्दारा चिनियाँ भाषाको व्याकरण पनि सिक्न सक्नुहुन्छ ।

: त्यसका लागि केही कार्यक्रम रेकर्ड गर्नुहोस् । त्यसपछि फुर्सतका बेलामा पनि सुनेर अभ्यास गर्न सकिन्छ । तपाईंहरु फिन् यिन्का आधारमा आफूले सुनेको चिनियाँ भाषालाई लेख्ने अभ्यास गर्न सक्नुहुन्छ । फिन् यिन् (拼音) भनेको चिनियाँ भाषाको उच्चारणको प्रतिनिधित्व गर्ने ध्वनि हो । जुन चिनियाँ भाषाको उच्चारण अभ्यासका लागि निकै सहयोगी हुन्छ ।

क: अब म तपाईंहरुलाई चिनियाँ भाषाको केही आधारभूत विशेषताबारे जानकारी गराउँछु । पहिलो , चिनियाँ भाषा ध्वनिमा आधारित भाषा हो । स्तरीय चिनियाँ भाषालाई फु थुंग व्हा भनिन्छ । फु थुंग व्हामा चार थरी टोन हुन्छन् । तिनलाई पहिलो , दोस्रो , तेस्रो र चौथो स्वर भनिन्छ ।

: जस्तै एउटा शव्दांश मालाई लिऔं । यसलाई चिनियाँ (拼音) मा लेखिन्छ। ma शब्दका चार वट टोन छन् : mā má mǎ mà

: तर mā má mǎ mà को उच्चारण गर्दा एउटा कुराको भने याद गर्नुपर्छ : यी टोनको फरक फरक अर्थ रहेको छ। उदाहरणका लागि mā अर्थात पहिलो टोनको अर्थ आमा हो। mǎ अर्थात तेस्रो टोनको अर्थ चाहीं घोडा हुन्छ। mà अर्थात चौथो टोनको अर्थ भने गाली हुन्छ। तर तपाईंले पहिलो टोन mā लाई mǎ भन्नुभयो भने चाहीं ठूलो गल्ती हुनजान्छ । त्यसैले चिनियाँ भाषामा टोनको निकै महत्वपूर्ण अर्थ रहेको छ।

ख: अब फेरि अभ्यास गरौं । है त ?mā má mǎ mà । तपाईंहरुले टोनको भिन्नताबारे थाहापाउनुभयो होला नै ।

: हवस् त । चिनियाँ भाषाको टोनबारे आजलाई यत्ति नै। आगामी कार्यक्रमममा फेरी यसबारे धेरै अभ्यास गर्ने नै छौं ।

                                                                                                                                                              क्रमशः...