• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-29 15:17:32    
यस साताका कार्यक्रमहरु 7.30-8.4

cri
           जुलाई 30 तारिख सोमबारको साप्ताहिक सन्दर्भमा हामी गत साताभरि चीनमा भएका महत्वपूर्ण गतिविधिलाई समेटेर तयार पारिएको कार्यक्रम सम-सामयिक प्रशङ्ग प्रसार गर्नेछौँ। "पत्र-मन्जुषा"मा हामी "चीनमा रहेको एउटा रमणीय स्थल कामपाबारेमा" जानकारी गराउनेछौं, कार्यक्रम "श्रोता सहभागीता"मा "चीनको स छुआनः पाण्डाको जन्मथलो शिर्षकको ज्ञान-विज्ञान प्रतियोगिताका विजेताहरुको नामावलीको दोस्रो भाग" प्रस्तुत गर्नेछौं।

                जुलाई 31 तारिख मंगलबारको चीनको संस्मरण कार्यक्रममा हामी "चौध वर्षसम्म हंगकंगमा बस्नुभएका नेपाली मित्र उदय प्रसाद नम्लकेसित गरिएको कुराकानीको चौथो भाग" प्रसार गर्नेछौं। त्यस दिनको "चीनको तिब्वत"मा हामी "तिव्बतमा टेलिकम व्यवसायको ठूलो विकासबारे" जानकारी दिनेछौं। कार्यक्रम "चिनियाँ अल्पसंख्यक जाति"मा "तिब्बती जातीका युवा र बाइ जु जातिकी यवतीको विहे समारोह" सम्बन्धी विषयमा चर्चा गर्नेछौं र "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "टुहुरा-टुहुरीहरुको सुखमय जीवनबारेको जानकारीको दोस्रो भाग" प्रस्तुत गर्नेछौं।

                अगष्ट 1 तारिख बुधबारको नियमित कार्यक्रम "मितेरी आवाज"मा हामी "हाम्रा सम्वाददाता रमेश कुमार भट्टराइले नेपाल पर्यटन बोर्डका चिनियाँ डेस्क प्रमुख काशीराज भण्डारीसँग गर्नुभएको कुराकानीको तेस्रो भाग" प्रसार गर्नेछौं‍। त्यसपछि "चिनियाँ रङ्ग मञ्च" कार्यक्रममा हामी "नयाँ संचार माध्यमहरुमार्फत संस्कृतिको प्रचार गर्ने सि आर आइको रणनीतिबारेमा जानकारीको पहिलो भाग" प्रस्तुत गर्नेछौं। त्यसपछि "चिनियाँ लोक कथा" कार्यक्रममा हामी "सेतो नागको कथा अन्तर्गत तेस्रो अध्याय काराबासको तेस्रो भाग" प्रस्तुत गर्नेछौं। त्यसपछिको पालो "चलचित्रको सेरोफेरो" को हुनेछ।

               अगष्ट 2 तारिख बिहिबारको "मितेरी आवाज"मा हामी "सि आर आइ श्रोता क्लब ओखलढुंगाका अध्यक्ष फडिन्द्र श्रेष्ठसँग गरिएको अन्तर्वार्ता" प्रस्तुत गर्नेछौं। "पैइचिंग ओलम्पिक" कार्यक्रममा हामी पैचिङ्गद्बारा ओलम्पिकका लागि दक्ष व्यक्ति सम्बन्धी योजना शुरु गरिएको विषय सुनाउनेछौं। "अर्थ जगत" नियमित कार्यक्रममा हामी " विदेशी ब्यापारीहरुका लागि मध्य चीन नयाँ आकर्षित क्षेत्रसम्बन्धी पहिलो भाग" प्रस्तुत गर्नेछौं। "विज्ञान तथा शिक्षा" कार्यक्रममा हामी "चिनियाँ किसानहरु दूर शिक्षाबाट लाभान्वित भएको भन्नेसम्बन्धी विषयको पहिलो भाग" प्रस्तुत गर्नेछौं।

                अगष्ट 3 तारिख शुक्रबारको "मेरा आँखामा चीन" कार्यक्रममा हामी चिनियाँ जन-मुक्ति सेनाको असियौं स्थापना दिवशका उपलक्ष्यमा पैचिङको सैनिक संग्रहालयमा आयोजित प्रदर्शनीका बारेमा छोटो जानकारी प्रस्तुत गर्ने छौं। "जीवन विविध" नियमित कार्यक्रममा हामी " किसान मजदूरहरुको हितको संरक्षणका लागि चीन सरकारले गरेको प्रयास " सम्बन्धी विषय प्रस्तुत गर्नेछौं र "आउनुहोस् चीनको यात्रामा जाऔं" कार्यक्रममा "फा युआन स गुम्बाको अवलोकन सम्बन्धी पहिलो भाग" प्रस्तुत गर्नेछौं। त्यसपछिको पालो "ज्ञानगुनको संगालो" कार्यक्रमको हुनेछ।

                अगष्ट 4 तारिख शनिवार साताको अन्तिम दिन हो। त्यस दिन हामी आउने साताका हाम्रा नियमित कार्यक्रमहरुको छोटकरी जानकारीका साथै त्यस दिनको नियमित कार्यक्रम अन्तर्गत "स्वास्थ्य विविध" कार्यक्रममा हामी "सपना सम्बन्धी श्रो भोजन कुमार सुवेदीको प्रश्नको जवाफ" दिने छौं, त्यस पछि "संगीत" कार्यक्रमका साथै "चिनियाँ भाषा प्रशिक्षण" कार्यक्रमको 40 औं पाठ प्रस्तुत गर्नेछौं।